हुलाकी न्यूज, जनकपुरधाम ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत जनकपुरधामबाट प्रक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधिमा सामेल भएको भन्दै धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जनकपुरधामको माछा बजारस्थित राउतको डेराबाट प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । डा.राउत बस्ने घरको ताल्चा फुटाएर पक्राउ गरिएको हो ।

धनुषाका डीएसपी प्रविण धितालले हुलाकी न्यूजसँग भने,‘निर्वाचन विरोधी गतिविधिमा लागेकोले राउतलाई पक्राउ गरिएको हो । हिजो राती पनि उनका कार्यकर्ताहरुलाई पक्राउ गरिएको थियो ।’

राउतसँगै उनको ल्यापटप र अन्य प्राविधिक सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतले राइट टु रिजेक्टको व्यवस्था गर्न आदेश दिए पनि निर्वाचन आयोगले उक्त व्यवस्था गरेको छैन । जसकारण डा.राउतले कोठा बाहिर मतदान गरेर मत बदर अभियान चलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.