हुलाकी न्यूज, काठमाडौं १९आश्विन । मगंलबार औपचारिक रुपले भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी टोलीबीच सिंहदरबारमा वार्ता भएको छ । आज मोर्चाको टोलीले राखेका विषयमा भोली सरकारी टोलीले लिखित प्रस्ताव ल्याउने भएको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीबाट वार्ता टोली सदस्य सर्वेन्द्रनाथ शुक्लाले वार्ताको सकारात्मक वातावरण बनाउन निषेधाज्ञा हटाउनुका साथै मृतकलाई सहिद घोषणा तथा घाइतेहरुको उपचारमा ध्यानदिन आग्रह गरिएको बताए ।
त्यस्तै सदभावना पार्टीका तर्फबाट वार्ता टोली सदस्य लक्ष्मण लाल कर्णले मुख्य एजेण्डाहरुमा वार्ताले प्रवेश नपाएको हुलाकी न्यूजलाई बताए ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै शुक्लाले भने,‘आजको वार्तालाई सकारात्मक नै लिएका छौं तर ठोस विषय बस्तुमाथि कुरा भएको छैन । हामीले आज वार्तामा जेकुराहरु राख्यौं त्यसकै आधारमा आजबाट प्रधानमन्त्रीले घाइतेहरुको उपचारमा ध्यान दिन थालेका छन् । प्रधानमन्त्रीले अस्पतालहरुलाई उपचारका लागि निर्देशन दिएका छन् ।’
सरकारी वार्ता टोलीले मोर्चाका केही माग पुरा भएको दाबी गरेको भन्दै शुक्लाले भने,‘सरकारी टोलीलाई मृतकलाई सहिद घोषणा नगरी सरकारले दोका गरेको जनाए । आज हामीले राखेका प्रस्तवहरु उनीहरुले सुने र भोलीसम्म आफ्ना नेताहरुसँग छलफल गर्नेछ । हामीले अझ् विश्वासिलो वातावरण बनाउन २४ घण्टे समय दिएका छौं ।’
सरकारी टोलीले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको शुक्लाले भने । उनले सरकारी टोलीको तर्फबाट भोली औपचारीक रुपमा प्रस्ताव आउने बताए ।
शुक्लाले भने, ‘सरकारी टोलीले भोली आफ्ना प्रस्तावहरु लिएर आउनेछ । भोली टोलिफोनमा कुराकानी गरेर वार्ताको समय तोकिनेछ ।’




Yas patak nagadma barta garnu parchha udharo ma haina. Madhesh le yas patak ko andolan bat sampurna adhikar linu parchha. r andolan lai ajha saskt parnu parchha.
sarvendra nath sukla mathi ma lai biswash chhaina inharu afai pahadi keti sanga bihe gareka chhan,bhane madhesh ko lagi ke nirnay garchhan.sab thag hun.
yesle afno chhetra lai ta bikash gareko chhaina.bahne barta toli me ke nirnay garchha.sab atta premi hun