हुलाकी न्यूज, काठमाडौं १९ आश्विन । भैरहवा नाकामा मधेशी मोर्चाको प्रभाव कम भएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भैरहवा नाका बन्द गर्न पुग्दैछन् । आज साँझबाट महतो भैरहवा नाकामा धर्नामा बस्नेछन् ।

भैरहवाको नाकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदै आएको छ । प्रहरीले बल प्रयोग गरी सामान ढुवानी गराएपछि महतो भैरहवा जना लगेको हुलाकी न्यूजलाई बताएका छन् ।

भैरहवा नाका बन्द गर्ने जिम्मेबारी पाएका नेताहरु असफल भएकोले आफुलाई जान परेको महतोले बताए । महतोका अनुसार रुपन्देही, नवलपरासी र कपिलबुस्तका नेता तथा कार्यकर्ताहरु पनि नाका बन्दीमा सहभागी हुन साँझसम्म भैरहवा पुग्दैछन् ।

यसअघि महतो बीरगञ्ज नाकामा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.