हुलाकी न्युज, काठमाडौँ | सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बिहीबार हजरत मुहम्मदको जन्मदिनको अवसरमा सरकारले यही मंसिर १५ गते शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले विज्ञप्तिमार्फत् समेत शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको छ। ‘हजरत मुहम्मद सल्ललल्लाहो अलैहे बेसल्लमको जन्म दिन को शुभअवसरका लागि यो सूचना गृहको विज्ञप्तिमा भनिएको छ।

सँगै सरकारले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ पौष १० गते (डिसेम्बर २५ तारिख) मा समेत सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गृहमन्त्रालयले गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.