हुलाकी न्यूज, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चुनावी प्रचार प्रसारमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रचार प्रसारका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही कार्यकर्ताहरु घाइते भएका छन् भने केहीलाई पक्राउ गरिएको राजपाले जनाएको छ ।

राजपाको चुनाव प्रचार प्रसारमा अवरोध गर्ने प्रहरीलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

सोमवार राती रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाको चुनाव प्रचार प्रसारका क्रममा प्रहरीले लाठी चार्ज गर्दै प्रचार सामाग्री नियन्त्रणमा लिएको राजपाको आरोप छ ।

रौतहटको माधवनारायण नगरपालिका ८ स्थित रजवडा टोलमा राजपाको प्रचार प्रसारको क्रममा स्थानीय प्रहरी चौकीका इन्चार्ज असइ समन मोक्तान नेतृत्वको टोलीले लाठी चार्ज गर्नुका साथै प्रचार सामाग्री खोसेको जनाइएको छ ।

सोही क्रममा राजपाका नेता दुर्गेश झासहितलाई प्रहरीले नियन्त्रणमा लिएको र केही घाइते भएको राजपाले जनाएको छ ।
उक्त घटनाको विरोध गर्दै राजपाले मंगलबार प्रेस विज्ञप्ती जारी असइ मोक्तानलाई विभागीय कारवाही गरी पक्राउ गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रवक्ता डा.डिम्पल झाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा केही पार्टीहरुले प्रशासनको बलमा चुनाव जित्ने प्रयास गरेको आरोप लगाइएको छ । राजपाले संघीय समाजवादी फोरमलगायतका उम्मेदवारहरुमाथि अन्य दलको दृष्टिकोण खराब भएको आरोप लगाएको छ ।

1 COMMENT

  1. kin hunu paryo karbahi gulam lai malik le kutda pani karbahi hunxa . gulam lai malik le hirkauda , kutda, goli handa , practice gareko hunxa so silent natra vane…………..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.