हुलाकी न्यूज, काठमाडौं ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले निर्वाचनमा ‘नो भोट’ अन्तरगत कोठा बाहिर मतदानलाई निरन्तरता दिएका छन् । उक्त अभियानलाई स्थानीय स्तरसम्म प्रचार प्रसारमा लागेका छन् ।

गठबन्धनले चुनावलाई अवसरको रुपमा प्रयोग गर्ने बताउँदै आएको छ । डा.राउतले प्रत्यक्ष रुपमा निर्वाचनको विरोध नगरेपनि ‘राइट टु रिजेक्ट’ अभियान चलाएका छन् जसअनुसार गठबन्धनका कार्यकर्ताहरु घर–घरमा पुगेर प्रचारप्रसार गर्दैछन् र संगठन पनि विस्तार गर्दैछन् ।

उनको गठबन्धनले अन्य दल जस्तै चुनावी आम सभा गरेर मत बदर गर्न आग्रह गर्ने गरेका छन् । मधेशका विभिन्न जिल्लामा मत बदरका लागि पर्चा पम्पलेटहरु पनि टाँसिएका छन् ।

मत बदर अभियानबारे डा.राउतले आफूहरु लोकतन्त्रमा विश्वास गर्ने भएकोले लोकतन्त्रिक विधिबाटै माग राख्ने प्रयास गरेको बताउँछन् । आफुहरु कुनै पनि निर्वाचनको विरोधमा नभएको बताउँदै निर्वाचनको माध्यमबाटै मधेशमा स्वतन्त्र मधेशका लागि जनमत संग्रह हुने डा.राउतको दाबी रहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो निर्वाचनको मतदान नजिकिदै जाँदा डा.राउतका कार्यकर्ताहरुले प्रचार प्रसारलाई तीब्रता दिएका छन् । यसक्रममा आठ जनाभन्दा बढी कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।

यसअघि स्थानीय निकायको निर्वाचनमा ‘कोठली बाहिर’ मतदान अभियान चलाएका डा.राउतले आफ्नो सप्तरीस्थित गाउँमा ४८ प्रतिशतभन्दा बढी मत बदर भएको दावी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.