हुलाकी न्यूज, काठमाडौं १९ आश्विन । मधेश–थरुहट आन्दोलनमा घाइते भएकाहरुको उपचार्थ मधेशी निजामती कर्मचारी मञ्चले पाँच लाख प्रदान गरेको छ ।
मञ्चका अध्यक्ष विनोद सिंहका अनुसार आज तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
सिंहले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार देशभरी रहेका मधेशी निजामति कर्मचारीहरुको एक साताको तलब बराबर रकम उठाइएको छ । जसमध्ये अहिले पनि केही रकम आउन बाँकी रहेको छ ।
मञ्चका अध्यक्ष एव पदाधिकारीहरुद्वारा तमलोपाकोपार्टी कार्यालयमा हस्तान्तरण गरिएको हो ।




