हुलाकी न्यूज, काठमाडौं । मधेशीहरुसँग रंगका आधारमा नेपाल सरकारले विभेद गर्दै आएको विरोधमा प्रत्येक वर्ष आज कै दिन रंगभेद विरुद्धको दिवस मनाइने गरिएको छ ।

स्वतन्त्र मधेश गठबन्धनले आइतबार मधेशका विभिन्न स्थानमा रंगभेद विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस पटक मधेश भरी नै ‘रगंभेदका अन्त हो, मधेश देश स्वतन्त्र हो’ नाराको साथ रगंभेद दिवस मनाउंदैछ ।

‘मधेशीहरुको रंगको आधारमा नेपालको प्रत्येक कार्यालय, सार्वजनिक स्थल, सभा सम्मेलन र यात्राको क्रममा समेत विभेद गरिन्छ । यो विभेद अफ्रिकाको काला गोराभन्दा कति पनि कम छैन ।’ गठबन्धनको विज्ञप्तीमा भनिएको छ ।

गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजसँग भने,‘गठबन्धनका संयोजक डा.सीके राउतको अहवानमा यस वर्ष मत बदर अभियानलाई पनि जोडदार रुपमा अगाडि बढाइएको छ ।

पछिल्लो समय मत बदर अभियानमा लागेका करिब आधा दर्जन गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका छन् ।

यता रंगभेद विरुद्धको दिवसको अवसरमा बाके, बर्दिया, दाङ्ग, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र झापासहितका जिल्लाहरुमा रंगभेदी विरुद्धको दिवस मनाईदैछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.