महोत्तरी, १० मंसिर ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । यता जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

यता महोत्तरी क्षेत्र नं. २ मा प्रतिनिधी सभाका उम्मेदवार समेत रहनु भएका नेताले सरकार चुनावमा खटिएका उम्मेदवाहरुका लागि प्रयाप्त सुरक्षा व्यवस्था दिन नसकेको आरोप लगाउनु भएको छ । उहाँले यस्ता गतिविधिले आफु अलिकति पनि विचलित नभएको बताउँदै यस्तो गतिविधि गरेर जनता तर्साउने काम लोतान्त्रीक मुल्य मान्यताको विपरित भएको बताउनु भयो । सरकारले तत्काल यस्ता चुनाव विथोल्न खोज्ने समुहलाई समातेर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।उहाँले यस्तो गतिविधिले आफनो चुनावी अभियान प्रभावित गर्नेको विरुद्ध जनता प्रतिकार गर्नेछन, हाम्रो चुनावी अभियान निरन्तर अगाडि बढ्ने छ । अझै हामी ससक्त रुपमा जनताको माँझ गएर चुनाव नचाहने शक्तीको विरुद्ध भण्डाफोर गर्ने छौं, उहाँको कथन थियो ।

त्यस्तै, राजपा महासचिव तथा प्रदेश २ नम्बरका प्रदेश सभा समानुपातिक उम्मेदवार केशव झाले भण्डारीको घर अगाडि भएको शक्तीशाली बम विस्फोतको भत्र्सना गरेका छन् । उहाँले सरकार चुनाव विथोल्ने खोज्ने समुहको अगाडि निरिह जस्तो प्रस्तुत भएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो, चुनावमा पुर्व सन्धयामा जनकपुरमा महोत्तरी लगायतका क्षेत्रमा सुरक्षा चुनौती देखिएको प्रति गम्भीर हुदैं तत्काल सरकारले चुस्त सुरक्षा व्यवस्था प्रबन्ध गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.