हुलाकी न्यूज, जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित मुरली चौकमा निवर्तमान सांसद संजय साहका समर्थकहरुले गरेको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । साहका समर्थकहरुले भण्डा फोर गरिरहँदा प्रहरीले हस्तक्षेप गरी समर्थकहरुलाई पक्राउ गरेको छ ।

साहका आधा दर्जन समर्थकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने प्रहरीको लाठी चार्जबाट केही समर्थक घाइते भएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा नविन यादव, इन्द्रेश झा, पंकज साह, धिरज साह, मुन्जय राउत र उपेन्द्र मिश्र ‘लाल’ रहेका छन् ।
राजपा नेता राजेन्द्र महतोको विरुद्ध उक्त सभा गरिएको थियो ।

साहले चुनाव जित्दै आएको उक्त क्षेत्रबाट साहको सहमति विना महतो चुनावमा उठ्न गएपछि महतो र साहबीच सम्बन्ध विग्रिएको हो । महतोले नै साहको राजनीति समाप्त पार्न र उक्त निर्वाचन क्षेत्र हत्याउन विभिन्न षड्यन्त्र गरेको साह पक्षको आरोप रहेको छ ।

साहका समर्थकहरुले शुक्रबार पनि जनक चौकमा महतोका विरुद्ध भण्डाफोर कार्यक्रम गरेको थियो ।

साहका समर्थकहरुको सभाले चुनावको वातावरण विग्रिने भन्द्र प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

तस्बीर : प्रतिभा झा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.