हुलाकी न्युज, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु दुई अर्ब ७७ करोड नौ लाख अनुमानित बजेट प्रस्ताव गरेको छ ।

प्रस्तावित कुल बजेटमध्ये पूँजीगत खर्चतर्पm रु दुई अर्ब २० करोड ९१ लाख ८२ हजार र चालू खर्चतर्फ रु ५६ करोड एक लाख विनियोजन गरिएको छ ।

शुक्रबार यहाँ आयोजित प्रथम नगरसभाले प्रस्तावित गरिएको बजेटमध्ये आन्तरिक स्रोत, रजिष्ट्रेशन शुल्क एवं राजस्व बाँडफाँड, वित्तीय सबलीकरण, सशर्त अनुदान, सौर्य सडक अनुदान, एकीकृत शहरी विकास आयोजना, सामाजिक सुरक्षा कार्यक्रम, नगर विकास कोष तथा सडक बोर्ड अनुदान, नगर विकास कोष ऋण सापटी र एलजीसिडिपी चालु अनुदान बजेटलाई नगरपालिकाको आय विवरणको शीर्षकमा राखिएको छ ।

त्यसैगरी, बजेट आय विवरणमा आरएलसी÷दातृ निकाय, नगरपालिका अनुदान, नगर क्षेत्र पूर्वाधार कार्यक्रम, संघीय पूर्वाधार तथा स्थानीय तह कार्यक्रम, स्वास्थ्य केन्द्र पूर्वाधार, सीमाक्षेत्र विकास कार्यक्रम, स्वास्थ्य मन्त्रालय नपुग, घरेलु तथा साना उद्योग विकास कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई पनि बजेटको आय विवरणको शीर्षकमा विनियोजित गरिएको छ ।

प्रस्ताविक बजेटको व्ययतर्पm आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासन क्षेत्र, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चलाई प्रस्तावित बजेटभित्र समेटिएको छ ।

नगर सभामा प्रस्तुत गरिएको प्रस्तावित बजेटमा नगरको कुल २३ वडाका लागि रु १७ करोड ७१ लाख विनियोजन गरिएको छ । त्यसैगरी, नगर सभामा प्रस्तुत गरिएको सो नीति तथा कार्यक्रममा कर तथा राजस्व वृद्धि, भ्रष्टाचारमुक्त प्रशासन, भवन आचारसंहिता तथा भवन मापदण्ड, कृषि, पशु विकास, स्वास्थ्य तथा शिक्षा, सञ्चारलगायतका विषय छलफलका लागि प्रस्ताव गरिएका छन् ।

नगर सभामा नगर प्रमुख डा धवलशम्शेर राणाले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख उमाथापा मगरले अनुमानित वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि सभामा छलफल भइरहेको र छलफलको क्रम आजसम्म चल्न सक्ने जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.