हुलाकी न्यूज, काठमाडौं १९ आश्विन । थरुहट आन्दोलनमा घाइते भएकाहरुको उपचारका लागि विभिन्न देशमा रहेका थारुहरुले सहयोग रकम पठाउँदैछन् । विदेशमा रहेका थारुहरुको संस्थाहरुले संयुक्त रुपमा तथा व्यक्तिगतरुपमा रकम पठाउने गरेका छन् ।

थरुहट आन्दोलनका घाइतेलाई उपचारर्थ साउदी अरबमा बस्दै आएका थारुहरुले सहयोग रकम पठाएका छन् । साउदी बस्दै आएका थारु युवाहरुको विवेकशील थारु युवा समूह सुनसरी, मोरङका सदस्यहरुले १ लाख १ सय १ रुपैया थारु एराउण्ड वल्र्डमार्फत् पठाएका हुन् ।

थारु एराउण्ड वल्र्डका अध्यक्ष महावीर चौधरीका अनुसार सो सहयोग रकम खासगरी कैलालीको भदौ ७ को टीकापुर घटनामा घाइते भएका थरुहट आन्दोलनकारीका घाइतेहरुको उपचारमा खर्च गरिनेछ ।

घटनाको भोलिपल्ट कफ्र्युका बीचमा टीकापुरका थारु समुदायका करीब १९ घर, पसलमा आगजनी गरिएको थियो । पसलमा आगजनी भएर असुरिक्षत महशुश गर्दै हाल काठमाडौमा रहेका एक थारु व्यापारीले भने करीब ५ सय आन्दोलनकारीलाई प्रहरीको छर्रा लागेको अनुमान छ ।

खुला ढंगले अझै पनि जिल्लामा उपचार गराउने अवस्था छैन । मानवीयताको नाताले सबैले सहयोग गरे राम्रो हुने थियो । यसअघि अमेरीका बस्ने थारुहरुले थारु कल्याणकारिणी सभामार्फत् ३ लाख उपलब्ध गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.