हुलाकी न्यूज, काठमाडौं ।
एमाले–माओवादी सम्मिलत वाम गठबन्धनको चुनावी क्याम्पमा वंम विस्फोट गराइएको छ ।
गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री अजय शंकर नायकको प्रचार प्रसारका लागि खडा गरिएको चुनावी क्याम्पमा शुक्रबार कुकर वंम विस्फोट भएको छ ।

सिरहाको मिर्चैयास्थित नायकको चुनाव प्रचार प्रसार गर्ने स्थानमा वमं विस्फोट भए पनि मानवीय क्षती भएन ।

उक्त विस्फोटको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले लिएको छ । जयकृष्ण गोइत नेतृत्वको मोर्चाले निर्वाचनको विरोधमा वंम विस्फोट गराएको जनाएको छ । उक्त स्थानबाट गोइतको पर्चासमेत फेला परेको छ ।

मधेशको विरुद्ध निर्वाचन भइरहेको उल्लेख गर्दै गोइतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही २१ मंसीर २०७४ को स्वतन्त्र तराईमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको बन्दूकको बलमा अवैध नेपाली शासकले प्रतिनिधि सभा र प्रान्तीय सभाको निर्वाचन गराएर नेपाली शासनलाई निरन्तरता दिन खोजेको हो । यस्तो स्थितिमा नेपाली निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हम्रो निम्ति अर्को विकल्प छैन ।’

‘आज ८ मंसीर २०७४ शुक्रवार अप्राह्न करीब ४ बजे सिरहा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ को प्रत्यासी वाम गठबन्धनको अजय शंकर नायकको थाना चौक मिर्चैया स्थित चुनावी प्रचार कार्यालयमा प्रेसर कुकर बम कार्वाही स्वरुप विष्फोट गराउन हाम्रो फौजी दस्ता सफल भएको छ । यसबाट मर्नेको साथै क्षति हुने र उत्पन्न हुने दुष्परिणामको जिम्मेवार नेपाली निर्वाचनमा सहभागी वाम गठबन्धन नै हुनेछ । यसरी स्वतन्त्र तराईमा नेपाली निर्वाचन कार्यक्रम जारी नै रहे भन्ने यसभन्दा पनि उच्च स्तरको कार्वाही सहभागी सबै नेता, कार्यकत्र्ता, मतदाता, मतदानमा संलग्न कर्मचारी र सुरक्षाकर्मीमाथि हुनेछ ।’ गोइतको विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.