अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १९ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मुक्ति मोर्चाद्धारा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा मधेश बिरुद्ध भईरहेको खसबादी षड्यन्त्र बिरुद्ध पर्दाफास जनजुलुस प्रदर्शन भएको छ ।
सोमबार महेन्द्रनगरको हनुुमान चोकबाट निकालिएको उक्त जुलुस नगरको बिभिन्न ठाउँ ठाउँको परिक्रमा गरि पुनः हनुमान चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभाको सम्बोधन गर्दै तमलोपाका केन्द्रिय सदस्य तथा पुर्व सिचाई तथा उर्जा मन्त्री उमाकान्त झाले नेपालमा ५१ प्रतिशत मधेशीको जनसंख्या रहेको राजस्वमा पनि ७० प्रतिशत कर मधेशबाट असुली हुन्छ र मधेशीले हक पनि सोहीअनुसार पाउनु पर्ने बताए । झाले यदि यस्तै संविधान रहने हो भने मधेशीले कदापी स्वीकार नगर्ने बताए ।
त्यस्तै सदभावना पार्टी जिल्ला अध्यक्ष संजय सिंहले भने,‘जवसम्म हाम्रो माग नगद स्वरुप अर्थात अहिले पुरा नभए र सहिदहरुको बलिदानीको सपना साकार नभए आन्दोलन जारी राख्ने र यो आन्दोलनलाई योभन्दा पनि उतकर्षमा पुगाउने छौं ।’
सदभावना पार्टीको केन्द्रिय सदस्य लालकिशोर साहले भने, ‘मधेको आमा बुवाले पिठ्युमा क्वीनटल भारी बोकेर अनाज पुर्याउने आमा बुवाले अहिले मधेशको रक्षाको लागि बिसकिलोको बन्दुक चलाउन सक्ने सपुतहरु प्रशस्तै दिइएका हुन् । म भन्छु, तिमिहरुको बन्दुकले हामी डराउने छैनौं । तथापि हामी चाहन्छौ यो आन्दोलन शान्तिपुर्ण रहोस् ।’



