हुलाकी न्यूज, काठमाडौं १९ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकारबीच आज औपचारिकरुपमा वार्ता हुँदैछ । मोर्चा र सरकारबीच सिंहदरबारमा वार्ता हुनेछ ।

आजको वार्तामा मधेशी मोर्चाले संविधानका एजेण्डाभन्दा पनि वातावरण निर्माण विषयमा छलफल गर्ने जनाएको छ ।

मधेशी मोर्चाका तर्फबाट वार्ता टोली सदस्य लक्ष्मण लाल कर्ण हुलाकी न्यूजसँगको कुराकानीमा आजको वार्तामा निषेधाज्ञा हटाउने र मुद्दा फिर्ता लिनेलगायतको विषयमा छलफल हुने बताए ।

कर्णले भने,‘आज वार्तामा हामीले कुनै लिखित बुँदा वा अन्य विषय नसमेटेर आन्दोलनमा मारिकाहरुलाई सहिद घोषणा तथा क्षतिपुर्तिको बारेमा छलफल गर्नेछौं ।’

मोर्चाको तर्फबाट चार दसस्यीय वार्ता समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.