हुलाकी न्युज, जनकपुर । गणेशमान चारनाथ नगरपालिका स्थित विरेन्द्र बजारमा जारी टी–२० क्रिकेटको सेमिफाइनलमा जलेश्वरलाई पराजित गर्दै जनकपुर फाइनलमा स्थान सुरक्षित बनाएको छ ।
बुधबार सम्पन पहिलो सेमि फाइनलमा टस जितेर ब्याटीङ्ग गरेको जनकपुरले १८ ओभरमा अल आउट हुदै ८९ रन जोडेको थियो । जनकपुरका लािग नितेश यादवले ३६ रन जोडे ।
८९ रनको जित लक्ष्य सहित ब्याटीङ्ग थालेको जलेश्वरल १८ ओभर ३ बलमा अल आउट हुदै ८० रनमा सिमित भयो । जनकपुरसंग पराजय भएका जलेश्वर खेलबाट बाहिरिएको छ भने जनकपुर फाइनल खेल्न स्थान सुरक्षित बनाएको छ ।
बिहिबार हुने दोश्रो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लब विरेन्द्र बजार र रामगोपालपुर महोतरी बिच खेल हुने आयोजक अादर्श षुवा क्लबका अध्यक्ष अरूण साहले बताए ।



