प्रथम नगर सभाबाट ५३ करोड ३७ लाख ३८ हजार बजेट विनियोजन
हुलाकी न्युज, गैशाला । महोत्तरीको गौशाला नगरपालिकाको प्रथम नगर सभा सम्पन्न भएको छ । प्रथम नगर सभाबाट ५३ करोड ३७ लाख ३८ हजार बजेट विनियोजन गरिएको गौशाला नगरपालिकाका प्रमुख(मेयर) शिवनाथ महतोले बताए ।
विनियोजित बजेट मध्ये ३१ करोड ८१ लाख ६९ हजार निशर्त तृतीय समानियकरण अनुदान र नेपाल सरकारबाट सशक्त अनुदान ११ करोड ५९लाख २२ हजार प्राप्त भएको मेयर महतोले बताए ।
मंसिर ५ गते मंगलबार किहान देखि अबेर साझ सम्म चलेको पहिलो नगर सभाबाट नगरपालिकाको १२ वडालाई वडागत रुपमा १ करोडका दरले १२ करोड र नगर स्तरीय २५ करोड गरी ३७ करोडको योजना तथा कार्यक्रम छुट्याइएको छ । पहिलो नगर सभाबाट विभिन्न नितिहरु समेत पारित गरेको छ ।
शिक्षाको कमिका कारण गौशाला नागरपालिका पछि परेको कारण शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको मेयर महतोले बताए । स्वास्थ्य, कृषि, सिचाइ, गौशाला बजार व्यवस्थापन समेत नगर सभाको प्राथमिकतामा परेको महतोले बताए ।
पहिलो नगर सभाबाट महिला सशक्तिकरण, तालिम र बालवालिको लागि योजना तथा कार्यक्रम छ्टयाइएको र महिलाहरु प्रत्यक्ष लाभान्वित हुने उप मेयर आशा लामाले बताए ।




