हुलाकी न्यूज, नेपालगंज ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएको स्वतन्त्र मधेश गठबन्धनलाई निर्वाचन सहभागी हुनबाट प्रहरीले रोक्ने प्रयास गर्दैछ ।

निर्वाचनमा सहभागी भई सक्रिय बहिस्कार अभियान चलाएका गठबन्धनका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड तथा मानसिक यातना दिइरहेको गठबन्धनले जनाएको छ । चुनावी प्रचार प्रसारमा लागेका कार्यकर्ताहरुलाई डराउने धम्काउने काम भइरहेको गठबन्धनका प्रवक्त अब्दुल खानले बताएका छन् ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै गठबन्धनले मानव अधिकारवादी संस्था तथा सरोकारवालाहरुसँग सहयोगको माग गरेको छ । गठबन्धनले आफुहरु शान्तिपूर्ण तबरबाट निर्वाचनमा सहभागी भएको बताउँदै प्रहरीले प्रचार प्रसारको क्रममा विभिन्न ठाउँमा दमन गर्न खोजेको जनाएको छ ।

त्यस्तै, प्रहरीद्धारा दिइएको यातना क्षतिपूर्तिको मुद्दामा समेत गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले डरत्रास दिदै आएको छ ।

गठबन्धनको प्रवक्ता अब्दुल खानं, जिल्ला संयोजक ईरफान शेष, राम मनोहर यादव, हरपाल सिहं सिखले क्षतिपुर्ति सम्बन्धी मुद्दा दिएदेखि प्रहरीले अनेक किसिमको मानसिक यातना दिई मेलमिलाप गर्न दबाब दिएको विज्ञप्तीमा जनाइएको छ ।

गठबन्धनका कार्यकर्ताहरुको घर घरमा प्रवेश गरी खोजतलासको नाउँमा मानसिक यातना दिइरहेको प्रवक्ता खानले बताए ।

गठबन्धनले मानव अधिकार आयोगसहितका संघ संस्थालाई ध्यानाकर्षणसमेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.