हुलाकी न्यूज, जनकपुरधाम । शनिबार अबेर राती रामानन्द युवा क्लवका पूर्व अध्यक्ष प्रकाश मिश्रमाथि चाकु प्रहार भएको छ ।

जनकपुर अञ्चल अस्पताल नजिकै रहेको एक भठीमा मिश्रमाथि चाकु प्रहार भएको हो ।

उक्त भठीकी साउनी मञ्जुको विषयमा विवाद हुँदा प्याज काट्ने चाकु मिश्रमाथि प्रहार भएको प्रहरी स्रोतले जनाएको छ ।

मिश्रले मञ्जुका छोरा र श्रीमान्लाई भठी मै कुटेका थिए । प्रहरी स्रोत भन्छन्,‘मिश्र दारु खाएर निकै आक्रमक रुपमा देखिएका थिए । भठीमा पुग्दा मञ्जुको छोरा र श्रीमान्लाई कुट्न थाले पछि प्याज काट्ने चाकु प्रहार भएको छ ।’

चाकु कस्ले प्रहार गरेको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

यता मिश्रका बुबाले आफ्नो छोरामाथि रामानन्द युवा क्लब कै पूर्व अध्यक्ष जीवनाथ चौधरीले चाकु प्रहार गरेको बताएका छन् ।

रोचक कुरा के छ भने मिश्र शनिबार साँझ जीवनाथ चौधरीको होटल अगाडि गएर होहल्ला गरेका थिए । प्रहरीलाई खबर गर्दा मिश्र त्यहाँबाट बाहिरिएका थिए ।

प्रहरीसहितको टोली मिश्रलाई खोज्न उनको घर पुगेका थिए । प्रहरीले उनलाई खोजी राख्दा यता भठीमा उनीमाथ चाकु प्रहार भएको थियो ।

पेटमा चाकु लागेका मिश्रको समान्य उपचार जनकपुर अञ्चल अस्पतालमा भएको छ ।

मिश्र र चौधरीको सम्बन्ध पछिल्लो समय विग्रिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.