हुलाकी न्यूज, काठमाडौं ।
संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी ४० पृष्ठको घोषणापत्र फोरमले सार्वजनिक गरेको हो ।

संविधान संशोधनको विषयलाई फोरमले मुख्य चुनावी एजेण्डा बनाएको छ । सीमा हेरफेरका विषयमा संविधानको धारा २७४ ले लगाएको बन्देजको विरोध गरिएको छ ।

समावेशी समूहमा १७ वटा समूह बनाएर समावेशीलाई विकृत गरिएको आरोप लगाइएको छ । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने प्रतिशत ६० बाट ४० मा झारेको भन्दै विरोध गरिएको छ ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नगरिको लगायतका विषय उठाइएको छ । अन्य विभिन्न विषयलाई घोषणापत्रमा समावेश गरी संविधान संशोधन अथवा पुर्नलेखन आवश्यक रहेको पुष्टि गरिएको छ ।

संविधान संशोधन र विभिन्न आन्दोलनहरुको उपलब्धी रक्षाका लागि आन्दोलनको विकल्प नरहेकोसमेत घोषणापत्रमा जनाइएको छ । फोरमले मधेश र थरुहट प्रदेशसहित ११ प्रदेशको अवधारणासमेत राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.