
जनकपुरधाम, २५ कार्तिक ।
२०७३ फागुनमा संविधानप्रतिको असन्तुष्टिले मधेस रन्किरहेको थियो, जुन बेला सरकारमा यीनै कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री थिए जो अहिले धनुषा क्षेत्र नम्बर ३ मा मधेस आन्दोलनका अभियान्ता राजपाका राजेन्द्र महतोसँग प्रतिनिधि सभा निर्वाचन लड्दैछन् ।
संविधानले आफ्ना हकअधिकारलाई सम्बोधन गर्न नसकेपछि मधेसकेन्द्रित दलका नेता, कार्यकर्तामात्र नभई सिँगो मधेस आन्दोलित बनीरहेको थियो । मधेसकै बासिन्दा भएर पनि गृहमन्त्रीको पदमा बसेर आफ्ना अधिकारका लागि घामपानी नभनी लडीरहेका मधेसीहरुमाथि नै गोली बर्साउन लगाउने विमलेन्द्र निधिनै अहिले आफूलाई मधेसीको मसिहा बताईरहेका छन् जुन कुरा हास्यास्पद रहेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोली नचलाउन कडा निर्देशन त दिएकै थिए तर त्यसलाई गृहमन्त्रीको पदमा रहेका यीनै निधिले अटेरमात्र गरेरनन, प्रहरीलाई गोली हान्न ठाडो आदेश दिए र ५ जनाको हत्या गर्न लगाए ।
घटनापछि तत्कालिन प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री निधीलाई निकै झपारेका समाचारहरु पनि बाहिर आए । माओवादी केन्द्रीय कार्यालयको बैठक बसिरहेको थियो जुन बेला प्रधानमन्त्रीको निर्देशन अटेर गरी गृहमन्त्री निधिको ठाडो आदेशमा प्रहरीले गोली चलाउँदा आन्दोलनकारीको ज्यान गएको जानकारी आउनेबित्तिकै त्यहीबाट प्रधानमन्त्री प्रचण्डले निधिलाई टेलिफोन सम्पर्क गरी प्रश्न गर्दा रहस्य खुल्न गयो ।
सप्तरीमा गोली नै चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ’ठाडो आदेश’ दिएको रहस्य खुलेलगत्तै माओवादी केन्द्रका नेता बैठकमै स्तब्ध भएका थिए । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ट्विटरमार्फत लेखे ’सप्तरीमा प्रहरीको गोली लागेर आन्दोलनकारीको निधन भएको खबर सुन्दा निकै दुःख लाग्यो, प्रधानमन्त्रीले गोली नचलाउन निर्देशन दिदाँदिँदै यो घटना कसरी भयो, सबैले संयमता अपनाऊ ।’
काँग्रेस लगायत र निधीका समर्थकहरुले मलेठ घटनामा गोलि चलाउन निधीले आदेश नदिएको जति ढाकछोप गर्न खोजे पनि, तत्कालिन अवस्थामा विभिन्न मिडियाहरुमा आएको समाचार पल्टाएर पढ्दा सो घटना बारे छर्लङ्ग हुन्छ । त्यसबेला अनलाईनखबर डटकमले त्यसबेला यो शिर्षकमा समाचार लेखेको थियो ।
प्रधानमन्त्रीले नगर्नु भन्दाभन्दै कसले दियो गोली हान्ने आदेश
राजविराज गोलीकाण्डबारे सरकारी अधिकारीवीचै विवाद
पुरा न्यूज हेर्न यो लिंकम क्लिक गर्न सकिन्छ
https://www.onlinekhabar.com/2017/03/552367
यस्तैगरी नागरिक न्यूजले यो शिर्षकमा समाचार लेखेको थियो ।
प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधे(मैले रोक्दारोक्दै गोली हान्ने आदेश किन दिनुभोर)
पुरा न्यूज हेर्न यो लिंकम क्लिक गर्न सकिन्छ
http://www.nagariknews.com/news/15573/
अहिलेपनि मधेसी जनताले ती घटनालाई विर्सेका छैनन् त्यसैलेपनि अहिले मधेसका बुद्धिजीविहरु मधेशी जनता माथि गोलि चलाउन आदेश दिने व्यक्तीलाई जिताउनु मधेशी र मधेशको हितमा कसरी हुनसक्छ भनेर प्रश्न गरिरहेका छन् । यसअघि पनि निधिले पटकपटक जिते तर खोई जनकपुरको विकास गरेको ? जनकपुरका चोकचोकमा बसेर स्थानीयहरु अहिले यो प्रश्न गरीरहेका भेटिन्छन् । विकासको बाधक त देखिए देखिए, निधिले पद पाएपछि मधेसीकै विरुद्ध कदम उठाउने भएकाले उनलाई जिताउन नहुने बताउछन् उनीहरु ।



