जनकपुरधाम, २५ कार्तिक ।
चुनावी अभियानमा रहेका राजपा नेपालका अध्यक्ष मंडलका सदस्य तथा धनुषा क्षेत्र नं. ३ का राजपाका प्रतिनिधि सभाका उम्मेदबार राजेन्द्र महतोले मधेश विरोधी संबिधानमा हस्ताक्षर गरेका लाई ब्यालेट मार्फत तह लगाउनु पर्ने बताएका छन् ।
महतो बसहियामा चुनावी सभालाई सम्बोधन गर्दै मधेश आन्दोलनमा गोली चलाउने पक्ष पनि चुनावी अभियानमा लागेकाले उनलाई जबाब दिने समय आईसकेको बताउनु भयो ।
उनले देशको शासन प्रसाशनमा बराबरीको अधिकारका लागि राजपालाई मतदान गर्नुपर्ने समय आई सकेको बताए ।। ८० हजार प्रहरीमा ७ प्रतिसत मात्र मधेशी रहेको बताउदै महतो प्रहरी प्रशासनका लागि बर्षेनी ८ सय करोड रुपैया राज्यको ढुकुटी खर्च भईरहेमा मधेशीको उपस्थिती न्युन रहेकाले यसमा पनि बराबरीको अधिकारका लागि सेना प्रहरीमा मधेशीको उपस्थिती बराबरी गराउन राजपामा मतदान गर्न आग्रह गरे ।
देशको शासनमा बराबरीको अधिकार दिनु पर्ने बताउदै देशको संचालनमा मधेशबाट ८० प्रतिसत तथा पहाड र हिमालबाट २० प्रतिसत मात्र राजश्व संकलन भएपनि मधेशमा मात्र २० प्रतिसत बजेट खर्चा भईरहेको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशीको मत लिएर संसदमा गएका विमलेन्द्र निधिले गृहमन्त्री भएको बेला मधेशी माथि गोली चलाएकाले अहिले त्यसको जवाफ ब्यालेटबाट दिन आग्रह गरे ।
उनले मधेश माथि दमन गर्ने पाटीलाई चुनावबाट नै पाखा लगाउनु पर्ने बताए । धनुषा सदरमुकाम जनकपुरमा रहेका कलेजहरुमा प्राध्यापकहरु संग आफ्ना चुनावी एजेण्डा तथा मधेश आन्दोलनको पछिल्ला बाँकी रहेको कामका बारेमा जानकारी गराउने उदेश्यले आज शनिवार विहान युनिभर्सल एकेडमी कलेजमा प्राध्यापकहरु संग भेटघाट गर्दै मधेश आन्दोलनको पक्षमा मतदान भए जनता आन्दोलनको पक्षमा रहेको दुनियाँले बुझने भएकाले विगतको आन्दोलनलाई प्रमानित गर्न मधेशबादी दललाई मतदान गर्न आग्रह गरे ।
महतोले प्राध्यापकहरु संगको छलफल पछि विभिन्न समुदायका अगुवाहरु संग भेट गरी मधेशी आन्दोलनका मर्मलाई बुझेर अहिलेको अवसरलाई सदुपयोग गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.