
हुलाकी न्यूज, इटहरी । प्रदेश एकको राजधानीका बिषयमा नेकपा एमालेले बिबाद गराउन खोजेको छ । बिराटनगरलाई राजधानी बनाउने सहमति भइसकेको अवस्थामा इटहरीलाई राजधानी बनाउन बिभिन्न चुनावी अभियान एमालेले थालेको छ । एमालेले इटहरीको भोटका लागि बिराटनगरसंग बिबाद गराउन खोजेको स्थानीयबासीहरूको भनाई छ ।
सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि शनिबार एमालेले इटहरीमा दर्शन गरेको छ ।
इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाजसमेतले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् ।
इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएर निक्लिएको बृहत् दबाब ¥यालीले उपमहानगरको मुख्यमुख्य स्थानको परिक्रमापछि चोकमा आएर दबाब ¥याली कोणसभामा परिणत भएको थियो ।
प्रदेशको राजधानी इटहरीलाई घोषणा गर्न निकालिएको ¥यालीपछि भएको कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी नेकपा(एमाले)का उम्मेदवार भगवती चौधरीले पार्टीद्वारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरी सकिएकाले त्यसमा आफूले के गर्दा सहजता हुन्छ त्यसका लागि आफू तयार भएको बताए । फाइल तस्बीर



