सन्तोष पटेल, वीरगञ्ज १८ आश्विन । प्रहरीको गोलीबाट मारिएका शत्रुधन पटेलको सोमबार पर्सा जिल्लाको पकाहामैनपुर चौकमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेपाली मिडियाप्रति निकै आक्रमक देखिएका थिए ।
महतोले केही मिडियाकर्मीहरु मधेशमा बसेर अनरगल प्रचारबाजी गरेकोले उनीहरुलाई मधेश प्रदेशमा चित्त नबुझे अर्कै प्रदेशमा गएर बस्न सुझाव दिए । महतोले सरकारले बार्ताको नाममा नौटंकी गरिरहेको बताउँदै मधेशको भूभाग एक ईन्च पनि पहाडमा मिसाउन नदिने दोहर्याए । मधेशवादी दलसँग भएको २२ बुँदे र ८ बुदे सम्झौता लागु नगरेसम्म आन्दोलन नरोकिने जनाए ।
महतोले भने, ‘सरकार र प्रमुख तीन दल तथा केही पहाडी ब्राम्हणवादी मिडियाहरुले मधेश आन्दोलनलाई बदनामा गर्ने चलखेल गरिरहेको छ । मधेश प्रदेशमा बस्ने सवै मधेशी हुन तर जसलाई चित बुझदैन उ अर्कै प्रदेशमा बसे हुन्छ । मधेश आन्दोलन उत्सर्कषमा पुगेको छ । आर या पारको अन्तिम लडाईमा सम्पूर्ण मधेशीहरु ईमन्दारी पूर्वक लाग्नुको साथै बहुरुपियाहरुबाट सजक रहनु पर्छ ।’
सभामा नेकपा माओवादीका संयोजक मातृका यादवले काँग्रेस, एमाले र एमाओवादीले मधेश आन्दोलनलाई बदनाम गर्ने चलखेल गरिरहेको बताए । यादवले गोर्खाली मिडिया र सरकारको राजनीतिक संस्कारको कमीका कारण मधेशीले गरेको आन्दोलन भारतीय आन्दोलन देखिएको बताए । उनले भारतसँग दाँजेर मधेश आन्दोलनलाई बदनाम गरिएको आरोप लगाए । एक फरक प्रसंगमा यादवले मधेशलाई टुक्रा गरे वा मधेशको माँग पुरा नगरे मधेश छुटै देश बन्ने चेतानीसमेत दिए ।
नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले जारी मधेश आन्दोलनको क्रममा भईरहेको नाकाबन्दीलाई अझ सफल पार्नका लागि गाँउगाँउबाट आएर नाका ठप्प गर्नुको साथै काठमाडौंको दाना पानी बन्द गरे मात्र यो बहिरो सरकारले सुन्ने बताए ।
तराई–मधेश लोकतान्त्रिक पार्टी की महिला नेतृ पिंकी यादवले पकहामैनपुरको पावन भुमिलाई नमन गर्दै अधिकार, पहिचान र स्वभिमानको लडाईमा शहिद भएका शत्रुधन पटेलप्रति श्रद्धासुमन व्यक्त गर्दै मधेशमा अपराधी शैलीमा मधेशी जनतालाई हत्या गर्नु सरकारको कायरता भएको बताईन् ।






दक्षिण अफ्रीका की भी नाकाबंदी हुइ थी http://demrepubnepal.blogspot.com/2015/10/blog-post_70.html