जनकपुरधाम, २४ कार्तिक ।
चुनावी सरगर्मी बढ्दै जादा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेपछि बिहिवार धनुषामा कटुवा पेस्तोल सहित २ जना र गाजा सहित ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अपराध अनुसन्धान टोलीले सवैलाबाट भारतबाट ल्याउँदै गरेको कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।

प्रहरीले सवैला नगरपालिका वडा नं।८ निवासी सकुर मियाँ र अनिल पासवानलाई पेस्तोल सहित पक्रउ गरेको छ । गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरुबाट एक थान पेस्तोल, एस।एल।आरमा लाग्ने तीन राउण्ड गोली र ज।८ प। ५०९६ नम्बरको मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।

यसैगरी, अपराध अनुसन्धान शाखा धनुषाले १० किलो गाँजा सहित तीन जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । सवैला नगरपालिका वडा नं।१३ ढोलबजामा लुकाई छिपाई रहेको लागुपदार्थ सहित गणेशमान चारनाथ नगापालिका वडा नं।३ निवासी कलसिया देवी महरा, देवेन्द्र महरा र राम अवतार महरालाई पक्राउ गरेको हो ।
प्रहरीले पेस्तोल सहित पक्राउ परेकाहरुलाई हिरासतमा राखी हात हतियार खर खजाना ऐन अन्तर्गत मुद्धामा म्याद थप गरी र गाजा सहित पक्राउ परेकाहरुलाई लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.