
हुलाकी न्यूज, काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा चुनाव जित्ने सम्भावित उम्मेदबारहरुको गोप्य रिपोर्ट नेपाली कांग्रेसले तयार पारेको छ ।
प्रतिनिधि सभाको एक सय ६४ मध्ये एक सय ५४ स्थानमा उम्मेदबार खडा गरेको कांग्रेसले ७२ सिटमा जित हांसिल गर्ने आन्तरिक रिपोर्टमा देखाएको छ ।
जसमा सुनसरी तीनबाट विजयकुमार गच्छदार, सप्तरी चारबाट तेजुलाल चौधरी, सिरहा एकबाट प्रदिप गिरी रहेका छन् ।
त्यस्तै, धनुषा दुईबाट रामकृष्ण यादव, तीनबाट विमलेन्द्र निधि र चारबाट महेन्द्र यादव चुनाव जित्ने सूचीमा परेका छन् ।
महोत्तरी दुईबाट किरण यादव, सर्लाही चारबाट अमरेश कुमार सिंह, बारा एकबाट उमाकान्त चौधरी, बारा तीनबाट फरमुल्लाह मन्सुर रहेका छन् ।
त्यस्तै, पर्सा दुईबाट अजय कुमार चौरसिया, तीनबाट सुरेन्द्र चौधरी, चारबाट रमेश रिजाल रहेका छन् ।
रौतहट एकबाट कृष्णप्रसाद यादव, रौतहट दुईबाट मो. आफताब आलम र चारबाट देवप्रसाद तिमलसिना जित्ने उम्मेदबारको सुचीमा परेका छन् ।
मधेशका अन्य जिल्लाहरुबाट पनि कांग्रेसले जित्ने सुची तयार पारेको छ ।



