जनकपुरधाम, २३ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावमा कांग्रेसलाई बहुमतका साथ जिताए मधेसीलाई देशको मालिक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुर आउनु भएका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेसीलाई देशको मालिकसम्म बनाउन र संविधान संशोधनको लागि मधेसका नागरिकले कांग्रेसलाई दुई तिहाई बहुमतले जिताउनु पर्ने बताएका छन् ।
नेकपा एमाले संविधान संशोधनको मुख्य बाधक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मधेसको अधिकार संविधान संशोधन नभएसम्म प्राप्त हुन नसक्ने ठोकुवा गरे । तसर्थ संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई दुई तिहाईको वहुमतले जिताए मधेसको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले देउवाले व्यक्त गरे ।
उहाँले चुनावलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने पनि बताए । प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जोखिममा र्पुयाउने कुनै पनि गतिविधि हुन नदिन सबै सजग हुनु जरूरी रहेको बताए । उनले लोकतन्त्रको आधार चुनाव भएकाले नागरिकले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले चुनाव सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्ने बताए ।
हेर्नुहोस भिडियो




deuwa g madhes birodhi & madhesi janta lai adhikar bihin banaune sambidhan jari huda kheri kin sign garnu vo tayti kher nepali cangres kaha thiyo madhesi janta lai dhagne naya chal aab madhesi janta na kunai parti lai na kunai netalai sidha madhesi janta & madhesi sahidalai matdan garxa. aafno vot badar garxa…………