रौतहट, २२ कात्तिक / क्षेत्र नं ३ बाट वाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार प्रभुु साहले तराईका १० नमूना शहरमध्ये कटहरिया बजार पनि रहेको बताउनुुभएको छ ।

गृहजिल्ला रौतहटको कटहरिया नगरपालिकास्थित चुुनावी प्रचार प्रसारका क्रममा स्थानीय व्यापारीसँगको भेटमा विनाविभागीय मन्त्री साहले शहरी विकास मन्त्रालयको जिम्मेवारीमा हुुँदा आफ्नै पहलबाट बजार व्यवस्थापन, विवाहमण्डप निर्माण, पोखरी संरक्षण, विभिन्न चारवटा पक्की सडक निर्माण लगायतको शीर्षकमा झण्डै रु आठ करोड छुुट्याएको बताउनुुभयो ।

कटहरियालाई आधुुनिक बजारका रुपमा विकसित गर्न चौतर्फी रुपमा राजमार्गसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो । गरुडा, कटहरिया, सन्तपुुर, कलैया सडक निर्माणका लागि प्रक्रिया बढिसकेको उहाँको भनाइ थियो ।

भारतको मुुजफरपुरबाट ढाका हुुँदै बंकुल नाकाबाट व्यापार सञ्चालन भएमा व्यापारीलाई समय र ढुुवानी भाडा कम हुुुनाका साथै जिल्लालाई समृद्ध बनाउन टेवा पुुग्ने साहले बताउनुभयो । चन्द्रपुरलाई स्मार्ट सिटी बनाउने अवधारणाअनुुसार काम अघि बढेको, गौर र गरुडामा विभिन्न शीर्षकमा विकासको काम भइरहेको तथा बाल्चनपुुर जंगलसहिया बाटो निर्माणका लागि आप्mनै पहलमा टेण्डरसमेत भइसकेको साहले बताउनुुभयो ।

मन्त्री साहले यसअघि आफ्नो चुुनावी एजेण्डा तथा प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसक्नुु भएको छ । पाँच वर्षमा सबै गाउँ, राजमार्गसँग जाडेर घर घरमा नाला पुु¥याउने, बकैया, बागमतीमा बाँध, विद्युुतीकरण, खेत खेतमा सिँचाइ, प्रत्येक बजारलाई स्मार्ट बजार बनाइनेलगायत कुरा साहको प्रतिबद्धतापत्रमा उलेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.