
हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले चुनावी घोषणापत्रलाई अन्तिम रुप दिदैछ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीहरु होमिए पनि फोरम नेपालले चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेको छैन ।
नेपाली कांग्रेस, एमाले–माओवादी र राप्रपा जस्ता पार्टीहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर मधेशवादी दल मध्येको फोरम नेपालले घोषणापत्र तयारसमेत पर्न सकेको छैन ।
फोरम नेपालकी नेतृ रेखा यादवले बुधबारसम्म घोषणापत्रलाई अन्तिम रुप दिइने बताएकी छन् । यादवले शिर्ष नेताहरु चुनावी दौडाहामा रहेकोले घोषणापत्र निर्माणमा ढिलाइ भएको बताइन् ।
यादवले यसै साता घोषणापत्र सार्वजनिक हुन सक्ने बताइन् ।
फोरम नेपालको घोषणापत्रमा समावेशी लोकतन्त्र र उत्पीडित पक्षको कुरा समेटिने यादवले बताइन् ।



