हुलाकी न्यूज, काठमाडौं ।
नेपाली कांग्रेससहित मधेशवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ ।

तर वाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको छ । वाम गठबन्धनको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहितको विपरीत र राष्ट्रिय एकतालाई कमजोर पार्ने खालको रहेको छ ।

संविधान संशोधनको माग गर्दै मधेशमा लामो आन्दोलन भए पनि संविधान संशोधन हुन सकेको छैन । संसदमा पेस भएको संविधान संशोधन विधेयक एमालेका कारण विफल भएको थियो ।

तर माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको थियो । माओवादीले संविधान संशोधनको पक्षमा मतदानसमेत गरेका थिए । तर माओवादीसहितको वाम गठबन्धनको घोषणापत्रमा संविधान संशोधनको विरोध गरिएको छ ।

माओवादी नेता मातृकाप्रसाद यादवले संविधान संशोधनको विषयलाई वाम गठबन्धनले चुनावी एजेन्डा नबनाएकामा दुःख व्यक्त गरे । मधेशी जनताको भावनाअनुरूप पार्टी संविधान संशोधनको पक्षमा रहे पनि चुनावी एजेन्डामा समावेश नभएकाले मधेशमा पार्टीलाई समस्या हुन सक्ने उनले बताए ।

फाईल तस्बीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.