हुलाकी न्यूज, कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नुभएका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताउनुभयो ।
महाकाली नगर क्षेत्रलाई समृद्ध बनाउने तथा कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो नाका बनाउने आफ्नो प्रमुख कार्यसूची भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.