पुरण साह, जनकपुरधाम १८ आश्विन । सोमबार दिउँसो जनकपुरधाममा नेपाल–भारत मैत्री रैली प्रदर्शन भएको छ । हजारौ सर्वसाधारणको सहभागीतामा रैली जनकपुरधामको परिक्रममा गरेको छ ।

नेपालको केही क्षेत्रमा भारतले अघोषित नाकाबन्दी गरेको विरोधमा भारतीय झण्डा जलाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनजस्ता कार्यक्रमहरु भईरहँदा जनकपुरका आन्दोलनरत पक्षहरुले नेपाल भारत मैत्री रयाली निकालेको हो ।

नेपाल र भारत दुबै देशको झण्डासहित आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संयुक्त यूवा संघर्ष समितिले रैली निकालेका छन् । रैलीमा जनकपुरका उद्योगी व्यवसायि, यूवा, आन्दोलनरत् मोर्चाका घटक दलका प्रमुखसहित नेता कार्यकत्र्ताको सहभागिता रहेको थियो ।
भारतीय नाकाबन्दीभन्दा मधेशवादी दलको आव्हानमा नाकाबन्दी गरिएको दाबीसहित संयुक्त यूवा र मधेसी मोर्चाका नेता कार्यकत्र्ता कुनैपनि बहानामा भारतसित चल्दै आएको बेटीरोटीको सम्बन्ध प्रभावित गर्न नहुने बताए ।

रैलीपछि आयोजित कोणसभामा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल प्रसाद चौधरीले मधेशको माँग पुरा नभएसम्म आन्दोलन जारी रहने र व्यवसायीले बन्द–हडताललाई निरन्तरता दिने प्रष्ट्याए । उनले अबको उपलब्धी कागजी सम्झौतामा नगरी कार्यन्वयनका लागि गरिनुपर्नेमा जोड दिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाका संयोजक परमेश्वर साहले मोर्चाले गरेको नाकाबन्दीलाई नहेरेर भारतले नाकाबन्दी गरेको गलत् प्रचार गरिएको दाबी गरे ।

nepal-bharat-maitri-raily 1 nepal-bharat-maitri-raily 2 nepal-bharat-maitri-raily 3 nepal-bharat-maitri-raily4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.