
हुलाकी न्यूज, काठमाडौं । एमाले र माओवादी (केन्द्र)सहितको बाम गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र राष्ट्रिय जनता पार्टी(राजपा)प्रति आक्रमक देखिए पनि मुख्य केन्द्र विन्दु स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई बनाएको छ ।
बाम गठबन्धनको घोषणापत्रमा राष्ट्रिय खण्डताको विषयलाई निकै महत्वका साथ उठाइएको छ । मधेशका विषयहरुसँगै राष्ट्रिय खण्डताको कुरा उठाइएको छ । रोचक कुरा के छ भने २९ पृष्ठको घोषणा पत्रमा दश स्थानमा राष्ट्रिय अखण्डताको कुरा उठाइएको छ । बाम गठबन्धनको घोषणापत्रले मधेश टुक्रिन लागेको देखाउँदै त्यस विरुद्ध मधेशीको मत माग्न खोजेको छ ।
घोषणापत्रको बुँदा नम्बर २४ मा राष्ट्रिय सुरक्षाका विषयलाई उठाइएको छ । जसमा राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा आँच पु¥याउने विभाजनकारी र विखण्डनकारी क्रियाकलापलाई नियन्त्रण गर्ने उल्लेख गरिएको छ । यस्तै बुँदाहरुमा पनि मधेशमा उठेको स्वतन्त्र मधेशका विषयलाई केन्द्रीत बनाइएको छ ।
माओवादी केन्द्र संविधान संशोधनको पक्षमा अन्तिम समयसम्म रहेको थियो तर गठबन्धनको घोषणा पत्रमा संविधान संशोधनको विषय उठाइएको छैन । बरु राष्ट्रिय अखण्डताको विरुद्ध संविधान संशोधन हुन सक्ने भन्दै विरोधसमेत गरिएको छ । संविधान संशोधनका लागि पछिल्लो पटक संसदमा भएको मतदानमा माओवादीले संविधान संशोधनको पक्षमा मतदान गरेको थियो ।
बाम गठबन्धनको घोषणा पत्रमा तराई–मधेशका कुरितीहरुलाई हटाउने प्रतिबद्धता व्यक्त गरिएको छ । बाम गठबन्धनले दुई वर्षभित्र मधेशका दाइजो प्रथा जस्ता कुरिता हटाउने प्रतिबद्धता जनाएको छ ।
मधेशको मुलधारका दुईवटा पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालप्रति बाम गठबन्धनले फरक–फरक धारणा राखेको छ ।
बाम गठबन्धनको घोषणापत्र राजपाप्रति आक्रकम रहेको छ भने फोरम नेपालप्रति नरम रहेको छ । राजपाले राष्ट्रिय एकतालाई कमजोर पार्न लागेको आरोप घोषणापत्रमा लगाइएको छ । तर फोरम नेपालप्रति सकारात्मक हुँदै राष्ट्रिय स्तरमा विस्तार भइरहेको पार्टी बताइएको छ ।
घोषणापत्र
joint-Manifesto-final-draft 1 (1)



