हुलाकी न्यूज, काठमाडौं १८ आश्विन । सोमबार नेपाल आयल निगम बीरगञ्ज क्षेत्रीय कार्यालयका प्रबन्धक अशोक साहलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले चार घण्टा नियन्त्रणमा लिइ प्रमुख जिल्ला अधिकारको जिम्मा लगाएको छ । नियन्त्रणमा लिइएपछि प्रबन्धक साहले आइन्दा यस्तो षड्यन्त्र नगर्ने र केही दिनमै बीरगञ्जबाट सरुवा हुने प्रतिबद्धता व्यक्ति गरेपछि उनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मा लगाइएको हो ।

यसरी लिइयो नियन्त्रणमा

निगमका एक कर्मचारीले हुलाकी न्यूजकर्मीलाई दिएको जनकारीअनुसार प्रबन्धक साहलाई सोमबार राती जसरी पनि तेल पठाउन माथिबाट दबाब आएको थियो । सोहीअनुसार प्रबन्धक सोमबार रक्सौलस्थित इनण्डियन आयल करर्पोरेशन डिपो जाँदै थिए । डिपो पुगेर साहले हस्ताक्षर गर्नु पर्ने थियो । ६३ वटा ट्यन्करमा सोमबार तेल भराएर उनले नाका पास गराउनु पर्ने थियो ।

NOC 1

प्रबन्धको गतिविधिबारे मधेशी मोर्चाका कार्यकर्ताहरुले केही दिनदेखि निगरानी गरिरहेको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले हुलाकी न्यूजलाई बताए । यादवले उनी आज तेल लिन जान लागेको भनेर हामीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएको बताए ।
प्रबन्धक साहलाई नियन्त्रणमा लिएर नाकामा जारी धर्नामा बसाएको र उनले मधेशी एकता जिन्दाबादको नारा लगाएको यादवले बताए । यादवका अनुसार प्रबन्धक साहले यस्तो षड्यन्त्र अव नगर्ने बताएपछि उनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मामा छोडिएको हो ।

कसरी हुन्थ्यो पास ट्यान्कर

प्रबन्धक साहलाई माथिबाट दबाब बढ्न थालेपछि सोमबार राती उनी सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापकरुपमा परिचालन गरी आन्दोलनकारीलाई तितरवितर गरी ट्यान्कर पास गराउने योजना बनाएका थिए ।

आइतबार मध्यराती जोगबनी नाकाबाट ट्यान्कर पास भएको शैलीमा सोमबार मध्यराती व्यापक सुरक्षाकर्मी परिचालन गरी ट्यान्कर पास गराउने योजना साहको रहेको ती कर्मचारीले बताए ।

कर्मचारीका अनुसार आज प्रबन्धक साह रक्सौल गएर हस्ताक्षर गरेको भए आज राती व्यापक सुरक्षाकर्मी परिचालन गरेर आन्दोलनकारीलाई नाकाबाट धपाई ट्यान्कर पास गरिने थियो ।

Noc 2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.