हुलाकी न्युज, सिरहा । सिरहामा प्रतिनिधी र प्रदेश सभाका लागि सिरहामा मनोनयनपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सिरहा सदरमुकाम स्थित श्री चन्द्र माध्यमिक बिद्यालयको परिसरमा राखिएको जिल्ला निर्वाचन कार्यालयमा प्रमुख दलसँगै विभिन्न दलहरुले मनोनय दर्ता गरेको छ ।

४ प्रतिनिधी र ८ वटा प्रदेश सभाका लागि मनोनय दर्ता कार्य सम्पन्न भएको हो । चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाका लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै ८ वटा प्रदेश सभा सदस्यका लागि १ सय २३ जनाले मनोनय दर्ता गराएका छन् ।
प्रतिनिधी सभा अन्र्तगत क्षेत्र नम्बर १ मा १४, २ मा १७, ३ मा १३ र ४ मा १७ जनाले मनोनय दर्ता गराएका छन् ।

प्रतिनिधी सभा अन्तर्गत क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट प्रदिप गिरी, वाम गठबन्धनको तर्फबाट गंगा यादव (नेकपा एमाले), संघीय समाजवादी फोरमबाट राजलाल यादवले मनोनय दर्ता गराएका छन् ।

यस्तै सिरहा क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्यका लागि नेपाली काँग्रेसबाट रामचन्द्र यादव, वाम गठबन्धनबाट सुरेश चन्द्र दास यादव (माओवादी) र संघीय समाजवादी फोरमबाट सत्रुधन सिंह कोइरीले मनोनय दर्ता गराएका छन् ।

सिरहा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट अमर रेग्मी, वाम गठबन्धनबाट लीलानाथ श्रेष्ठ (नेकपा एमाले) र संघीय समाजवादी फोरमबाट अशेश्वर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

भने सिरहा क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसबाट मो. मोक्तार अहमद, वाम गठबन्धनबाट अजय शंकर नायक (माओवादी) र राष्ट्रिय जनता पार्टी नेपालबाट अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सिरहा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ नेपाली काँग्रेसबाट सन्तोष कुमार चौधरी, वाम गठबन्धनबाट लगनलाल चौधरी (नेकपा एमाले) र संघीय समाजवादी फोरमबाट वैद्यनाथ यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रको प्रदेश सभा सदस्य ‘ख’मा देवनाथ यादव, वाम गठबन्धनबाट अशोक कुमार यादव (नेकपा एमाले) र संघीय समाजवादी फोरमबाट राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सिरहा क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य ‘क’ मा नेपाली काँग्रेस शैलेन्द्र कुमार यादव, वाम गठबन्धनबाट जिवछ कुमार यादव (माओवादी) र संघीय समाजवादी फोरमबाट विजय कुमार यादवले उम्मेदवारी दर्ता गराएका छ ।
यस्तै प्रदेश सभाका लागि निर्वाचन क्षेत्र २ ‘ख’ मा नेपाली काँग्रेसबाट तपेश्वर महतो कोइरी, वाम गठबन्धनबाट मदन सेन प्रसाद श्रीवास्तव (नेकपा एमाले) र संघीय समाजवादी फोरमबाट निर्मला यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सिरहा क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य ‘क’ मा नेपाली काँग्रेसबाट मुस्ताक अंसारी, वाम गठबन्धनबाट रामकुमार यादव (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमबाट मनोज कुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन् भने सोही क्षेत्रको प्रदेश सभा सदस्य ‘ख’ मा नेपाली काँग्रेसबाट डा सुभाष यादव, वाम गठबन्धनबाट प्रमोद यादव र संघीय समाजवादी फोरमबाट मनोरंजन गोइतले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सिरहा क्षेत्र नम्बर ४ को प्रदेश सभा सदस्य ‘क’ मा नेपाली काँग्रेसबाट कपिलदेव साह, वाम गठबन्धनबाट दिलिप कुमार साह (माओवादी) र राष्ट्रिय जनता पार्टीबाट रामकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सोही क्षेत्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा नेपाली काँग्रेसबाट डा गणेश मण्डल, वाम गठबन्धनबाट तुलसी प्रसाद यादव र राष्ट्रिय जनता पार्टीबाट सुरेश कुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधी सभामा उम्मेदवार भएका ६१ जना मध्ये मुख्य दलबाट पूर्वमन्त्रीहरु नै परेका छन् ।

Nomination Name List Siraha District By Hulakinews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.