हुलाकी न्यूज, काठमाडौं १८ आश्विन । विभिन्न देशमा रहेका मधेशी–थारुहरुले काठमाडौंमा अन्तरक्रिया गर्दैछ । आश्विन २५ गते काठमाडौंमा अन्तरक्रिया हुन लागेको हो ।

अमेरिकामा रहेका मधेशीहरुको संगठन एशोसिएशन अफ नेपालीज तराईएन इन अमेरिका (एण्टा) र थारु अराउड द वल्ड यूएसएले संयुक्तरुपमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा वक्ताहरु विश्लेषक सीके लाल, तुलानारायण साह, अधिवक्ता दिपेन्द्र झा, सुरेन्द्र चौधरी र महाबीर चौधरी रहने एण्टाका सतेन्द्र साहले बताएका छन् ।

‘घोषित संविधानमा मधेशी र थारुको अधिकार स्थापनाको चूनौती’ प्रवासी मधेशीको भुमिका र अपेक्षाू विषयक अन्तरक्रिया काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टमा हुनेछ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागी रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.