
हुलाकी न्यूज, राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्लाको क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र फोरमको संयुक्त गठबन्धनबाट अध्यक्ष यादवले उम्मेदबारी दर्ता गराएका हुन् । हजारौंको सहभागिता सहित यादवले उम्मेदबारी दर्ता गराएका हुन् ।
उनीसँगै सोही क्षेत्रको विधायकमा फोरम कै शैलैन्द्र साह र राजपाका महासचिव मनिष सुमनले मनोनयन दर्ता गराएका छन् ।



