
हुलाकी न्युज, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित सोनापट्टी टोलमा स्थानीयहरुले लागुऔषध गाँजा खेती फडानी गरेको छ।गाउँलेहरु घर पिच्छे करेसाबारीमा गाँजाको व्यवसायीक खेती गरेको थाहा पाउन साथ प्रहरीले मंगलबार दिउँसो क्वीक अपरेसन चलाएको हो।
प्रहरीले ६ कठ्ठामा लगाएको पाँच सय ३४ वटा गाँजाको बोटर कटानी गरेर फडानी गरेको छ।इलाका प्रहरी कार्यालय बर्दिवासका इन्स्पेक्टर बासुदेव थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा भित्रयान तयारी गर्न तीन—चार महिना बाँकी रहदा प्रहरी गाँजा खेती नष्ट गरेको हो।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासले छिन्नमस्ता शसस्त्र प्रहरी गण माइस्थानको संयुक्त टोलीले गाँजा खेती विरुद्ध अपरेसन चलाएको हो।’एउटा बोटमा एक केजी गाँजा उत्पादन हुन्छ। त्यसको मूल्य कम्तिमा १० हजार आउँछ,’ बर्दिबासका इलाका प्रहरी कार्यालयका डिएसपी प्रवीण पोखरेलले भने,‘पन्ध्र जना प्रहरी परिचालन गरि गाँजा खेती फडानी गर्न तीन घण्टा लाग्यो।
एक ट्रक गाँजाको बोट कटानी गेरर नियन्त्रणमा लियौं। त्यसलाई नष्ट पनि गरेका छौं।’थोरै क्षेत्रफलमा गाँजा खेती गरेर राम्रो आम्दानी भएपछि माइस्थान सोनापट्टी टोलामा २५ घर परिवार गाँजा खेतीप्रति आकर्षित भएका थिए।
यसैबीच असोज २९ गते माइस्थान जंगलबाट बसमा बरामद गरेको १४ किलो आठ सय ग्राम गाँजा कानुनी प्रकृया पुरा गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ। फडानी गरेको गाँजाको बोट पनि आज पत्रकारहरुको उपस्थितमा इलाका प्रहरी कार्यालय बर्दिबासको परिसारमा नष्ट गरिएको थियो।



