
हुलाकी न्यूज, दोहा । बैदेशिक रोजगारमा कतार गएका सिरहाका जीवछ पासवानको हत्या भएको छ । तीन महिनाअघि कतारको अलमोइज कम्पनीमा गएका पासवानको एक हप्ताअघि आफ्नै कोठामा हत्या भएको हो ।
हत्याको आरोपमा उनीसँगै काम गर्ने धनुषाका रामबली रामलाई प्रहरीले पक्राउ गरेको छ । पासवानलाई कोठामा भात पकाउने क्रममा रामबली रामले छुरा प्रहार गरी हत्या गरेको प्रहरी जनाएको छ ।
३४ वर्षका पासवानका श्रीमती दुई जना छोरा र तीन जना छोरी छन् । परिवारले उहाँको शव नेपाल ल्याइदिन सहयोग गर्न आग्रह गर्दै सिरहामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवदेन दिएका छन् ।
पासवानका परिवारले शव झिकाइदिन माग गर्दै गाउँपालिकामा पनि निवेदन दिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का रिटर्नी स्वयम्सेवक बीरबहादुर यावदलाई उधृत गर्दै उज्यालोले जनाएको छ ।



