हुलाकी न्यूज, काठमाडौं १८ आश्विन । जोगवनी नाकामा प्रहरीले मध्यराती डाँका शैलीमा आक्रमण गरेको मधेशी मोर्चाका नेताहरुले आरोप लगाएका छन् ।

सोमबार विहानै संघीय समाजवादी फोरम नेपालका नेता जयराम यादवले हुलाकी न्यूजलाई गएराती करिब १२ बजे प्रहरीले जोगवनी नाकामा आक्रमण गरेको र केही नेतालाई पक्राउ गरेको जनाएका छन् ।

नाकामा धर्ना बसेका मोर्चाका कार्यकर्ताहरुलाई तितरवितर गर्न प्रहरीले हवाई फाईरसहित कुटपिट गरेको उक्त नेताहरुले बताएका छन् ।
यता स्थानीय पत्रकारहरुले दिएको जनकारीअनुसार नाकाबाट संघीय समाजवादी फोरमका नेताहरु भुराज राई र रामविलास यादव पक्राउ परेका छन् ।

गएको ९ दिनदेखि दुई नम्बर ढाठमा मधेशी मोर्चाका कार्यकर्ताहरुले पाल टाँगेर बस्दै आएका थिए ।

केही बेरमा मधेशी मोर्चाको बैठकबाट त्यस क्षेत्रमा पुनः धर्ना बस्न समिति निर्माण तथा शसक्त प्रतिकार गर्न सक्ने टिम तयारी गरिरहेको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

3 COMMENTS

  1. साला चोर नेपाल पुलिश . शान्तिपूर्ण आन्दोलनमा यस्तो गर्न पाइन्छ ??? आन्दोलन गर्ने अधिकार पनि लिन काहन्छौ ? नेपाल को जनता मात्र पहाड मा बस्छ ??? मधेशी इन्डियन हुन् अनि मधेश तेरो बौउ को हो ???

  2. आन्दोलन गर्ने अधिकार पनि लिन चाहन्छौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.