हुलाकी न्यूज, काठमाडौं १८ आश्विन । मधेशमा ५१ दिनदेखि जारी आन्दोलनको समर्थनमा ४० लाख मधेशीहरुको हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाईने भएको छ । संघीय मधेशी मोर्चाले मधेश–थरुहटमा एकहप्ते हस्ताक्षर अभियान चलाएर ४० लाख हस्ताक्षर राष्ट्र संघलाई बुझाउने जनाएको छ ।

मोर्चाको निर्णयअनुसार मधेशको गामघर तथा सहरबजारमा हस्ताक्षर अभियान शुरु गरिनेछ ।

मोर्चाको निर्णयमा भनिएको छ, ‘मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गर्ने । यो कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गरिनेछ । जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईनेछ । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ ।’

Signeture-janakpur

त्यस्तै मोर्चाले १८ गते साँझ मैनबत्ती जुलुस, २० गते विहान ११ बजे थाल ठटाउने कार्यक्रम र २२ गते शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई बताएका छन् ।

त्यस्तै मोर्चाले विभिन्न मोर्चा तथा राजनीतिक दलसँग सहकार्यका लागि पाँच सदस्यीय कार्यादलसमेत बनाएको छ । कार्यदलमा कौशलेन्द्र मिश्र, सीएन खडगा, पुजन महरा, धमेन्द्र यादव र रामइश्वर यादव रहेका छन् । मोर्चामा नेपाल सदभावना पार्टीसहित पाँच वटा पार्टीहरु रहेका छन् ।

फाईल तस्बिर : सिंहदरबारबाट

3 COMMENTS

  1. तराईको पहिचान बिहारी र मधेशी होइन, कहिलेपनि थियन र हुनपनि हुदैन! बिहारी भनेको त नेपालको धेरै जसो काठमाडौँ उपत्यका र पहाड अनि हिमाल जहाँ बुद्धिस्ट बिहार र गुम्बा छन्, यथार्थमा तिनीहरु बिहारी हुन!.तराईवाशीहरु विसुध्ह राजबंशी,मैथली, थारु-दनवार र भोजपुरी हुन्! विशेषत मैथली र भोजपुरी प्राचिन राज्य भयकोले येस्मा हिन्दु सबै जातहरु छन्! पहिचान यसैको आधारमा हुन पर्छ! इंडिया को कुरा गर्ने हो भने इंडियाको बिहार र उत्तर प्रदेश अझै पनि पहिचान बिमुख छ! समयमा नै सहि पहिचान र नामकरण भयन भने बिहार र उत्तर प्रदेशको जस्तै पहिचान बिमुख हुने स्तिती आउन सक्छ!

  2. Tero bauko sampati kyare tarai taw matrai basne sala madesiko nam ma rajniti garna khojne desma feri donda garauna khojne talai aba xitai rastraghati vanera fasi hunxa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.