
सन्ताेष सिंह, धनुषाा । जनकपुर महाबिर चोकका २४ वर्षीय संजय मण्डल बिहान घरको काम सकेर ९ बजे टुकटुक (रिक्सा) लिएर बाहिरिएपछि साँझ ६ बजे घर फर्किदा खल्तिमा १ हजार ५ सय रुपैयाँ कमाएर फर्किन्छन् । एसएलसी पढेर दुई वर्षसम्म कुनै काम नपाएर भौतारीएका संजयले तीन वर्ष यता मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै छन् ।
‘विदेश जाने योजना थियो, जाने पैसा नहुँदा कामका लागि भौतारिएँ,’ संजयले भने, ‘रिक्सा चलाउन थालेपछि विदेशको कमाइ जनकपुर घरमै बसेर कमाइएको छ ।’उनले २ लाख ५० हजार रुपैयाँ ऋण लिएर रिक्सा खरिद गरेका उनले तीन वर्षमा रिक्सा खरिद गर्दा लिएको ऋण तिरेर केही बचत गरेको सुनाए ।

जनकपुर–१ का ५० वर्षीय रिक्सा चालक संजय यादव पनि रिक्सा चलाएरै महिनाको ३५/४० हजार रुपैयाँ कमाउँछन् । वैदेशिक रोजगारमा कम्पनी बन्द भएपछि ऋणको भारि बोकेर फर्कका उनी जनकपुरमा ६ वर्ष देखि रिक्सा चलाउदै आएका उनले पाइडल भएको रिक्सा ३ वर्ष सम्म चलाएर दिनको ५ सय सम्म कमाएर ऋणको तिरेको सुनाए । उनी शारिरिक रुपले कमजोर भए ।
जनकपुरमा टुकटुक रिक्सा आएपछि टुकटुक चलाउन थालेका यादव चार गुणाबढी आम्दानी गर्न थालेका छन् । टुकटुक चलाएर संजयले तीन वर्षमा जनकपुरमा घर जोडेका छन् । छोरीको विवाह गरेका छन् । रिक्साकै आम्दनिले परिवारल चलेको छ, संजयले भने,‘जनकपुरमा इमन्दारिता पुर्वक रिक्सा चलाएर महिनाको ४०/४५ हजार सम्म कमाउनेहरू छन् ।
‘रिक्साले विदेशमा कमाउने कमाइ जनकपुरमै सम्भव भएको छ,’ उनले भने । जनकपुरमा पाइडल भएको तीनपांग्रे रिक्सा यति बेला पाइँदैन । कान्तिपुर



