हुलाकी न्यूज, काठमाडौं ।
नेपाली काग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ ।

८४ पृष्ठ लामो घोषणा पत्रमा मधेशका राजनीतिक दल र मधेशको पूर्वाधार विकासका विषयमा दुई स्थानमा चर्चा गरिएको छ ।

संवाद र सहकार्यकोबाटोमा मधेश केन्द्रित दल आएको भन्दै मधेशवादी दलको प्रशांसा गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘आन्दोलनकोलामोचक्रव्यूहबाट निस्किएर संविधान संशोधनकोमाध्यमबाट समस्या समाधान गर्न अग्रसर भएका मधेश केन्द्रित दलकोराजनीतिक निर्णयलाई नेपाली कांग्रेस प्रसंशा र स्वागत गर्न चाहन्छ । मधेशका जनताको लोकतान्त्रिक अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहुँच, मधेशका भाषा–संस्कृतिको संरक्षण र सम्वद्र्धनसँगैमधेशमा रोजगारी र सडक, सिंचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्र लगायतमा आर्थिक विकासका मुद्दालाई नेपाली कांग्रेसलेमधेश–केन्द्रीत दलहरुसँगको सहकार्यमा सम्बोधन गर्नेछ ।

राष्ट्रियता र लोकतन्त्रकोसंरक्षक र पहरेदार भएर मधेशका जनतालेराष्ट्रिय एकतालाईसुदृढ बनाएका छन्। अन्न भण्डार र कृषि उत्पादनकोकेन्द्र बनेर मधेशलेराष्ट्रिय समृद्धिकोआधार खडा गरेकोछ । सभ्यता र सांस्कृतिक वैभवको राजधानी बनेर मधेश र मधेशी जनतालेदेशकोइतिहास र पहिचान बनाएका छन्। अब मधेशलाई अशान्त र सामाजिक मतभेदकोकेन्द्र बन्न दिनुहुँदैन भन्नेसंकल्पका साथ नेपाली कांग्रेस सबैमधेश–केन्द्रीत दलहरुलाईराष्ट्रिय एकता र सहमतिकोसाझा लोकतान्त्रिक प्रतिवद्धता र सहकार्यमा हार्दिक स्वागत गर्दछ ।’

त्यस्तै पृष्ठ ४६ मा तराई मधेशको विशेष पूर्वाधारको विषयमा चर्चा गरिएको छ ।

घोषणापत्र पढ्न तल क्लिक गर्नुहोस् ।

NC_Manifesto_Complete

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.