
हुलाकी न्यूज, काठमाडौं । धनुषाका पूर्व सांसद संजय साहले आफु बाम गठबन्धनबाट चुनावमा नउठ्ने बताएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता साहले बाम गठबन्धनबाट आफु चुनावमा नउठ्ने प्रष्ट पारेका छन् । आफु मधेशवादी राजनीतिमा रहेकोले मधेश कै हितमा काम गर्ने बताउँदै साहले मधेश कै पार्टीबाट चुनाव लड्न सक्ने बताए ।
यता पारिवारिक श्रोतका अनुसार बाम गठबन्धनका नेताहरुले आफ्नो गठबन्धनबाट चुनावमा उठ्न आग्रह गरे पनि नेता साहले अस्वीकार गरेका छन् ।
यसअघि पनि स्थानीय निकायको निर्वाचनमा विभिन्न पार्टीले नेता साह की श्रीमति रंगीला देवीलाई साहलाई आफ्नो पार्टीबाट चुनावमा उठ्न आग्रह गरेको थियो ।
हाल थुनामा रहेका साहलाई विभिन्न पार्टीले चुनावमा उठ्न आग्रह गर्दैछन् ।
यता नेता साहले पनि कानुनी छलफल पश्चात कुनै अडचन नदेखे पछि चुनावमा उठ्ने मानसाय बनाएका छन् ।



