हुलाकी न्यूज, काठमाडौं १७ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ता गर्न चार सदस्यीय वार्ता समिति गठन गरेको छ ।

मोर्चामा सहभागी चारवटै दलबाट एक–एक जना प्रतिनिधि गरी चार सदस्यीय समिति गठन भएको सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मण लाल कर्णले हुलाकी न्यूजलाई बताएका छन् ।

वार्ता समितिमा संघीय समाजवादी फोरम नेपालबाट लालबाबु राउत, तराई–मधेश लोकतान्त्रिक पार्टीबाट सर्वेन्द्रनाथ सुक्ला, सदभावना पार्टीबाट लक्ष्मण लाल कर्ण र तराई–मधेश सदभावना पार्टीबाट रामनरेश राय रहेको सदभावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई बताएका छन् ।

यता वार्ता समिति गठन भएपनि आमहड्ताल र नाकाबन्दी जारी रहने मोर्चाका नेताहरुले बताएका छन् । विरोधका कार्यक्रममा कुनै परिवर्तन नभएको नेताहरुले जनाए ।

 

Press Release

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.