हुलाकी न्यूज, काठमाडौं १७ आश्विन । मधेश–थरुहटमा जारी आन्दोलनले आज ५० औं दिनमा प्रवेश गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित थारुहट संघर्ष समितिलगायत स्वस्फूर्तरुपमा आन्दोलन सुरु भएको थियो । मुस्लिम संघर्ष गठबन्धनले पनि सहकार्य गरेको छ । साथै विभिन्न संघ–संगठनहरुपनि स्वस्फूर्तरुपमा सहयोग गर्दै आएको छ ।

हाल मधेश–थरुहटमा जारी आन्दोलन पार्टीगत मात्र नभई आम मधेशी थारुको आन्दोलनमा परिणत भएको छ । विभिन्न स्थानमा भएको प्रदर्शनमा लाखौंको सहभागीतासहित मधेश–थरुहटमा बनेको मानव साङ्गलोमा लाखौं जनताको सहभागीता रहेको थियो ।

अहिले पनि भारतीय नाकाबन्दका लागि विभिन्न नाकामा हजारौंको संख्यामा सर्वसाधारणहरु बसेका छन् । गामघरमा पनि बन्द गरेर आमधेशी थारुले आन्दोलनको समर्थन गरेका छन् ।

यसैबीच ५० औं दिनमा प्रवेश गरेको अवसरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनका नयाँ रणनीति बनाउन बैठक बस्दैछ ।

दिउँसो तीन बजेपछि संघीय समाजवादी फोरम नेपालको कार्यालय काठमाडौंमा मोर्चाको बैठक बस्नेछ ।

बैठकमा उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव र लक्ष्मण लाल कर्णको उपस्थिति रहने जनाइएको छ ।

मधेशी मोर्चाका एक घटक एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ५० दिनसम्म आन्दोलनमा साथ दिइरहेका सम्पूर्ण सर्वसाधारणलाई धन्यवाद दिदै आन्दोलन अझ् सशक्त बनाउन आग्रह गरेका छन् ।

बीरगञ्जमा पत्रकार सम्मेलन गरी महतोले आन्दोलन यतिदिनसम्म लम्बिदासमेत सरकारले वास्ता नगरेको भन्दै सरकारको कडा आलोचना गरे ।

महतोले नाकाबन्दी खुल्ने समाचार भ्रामक रहेको र खसवादी मिडिया यस्तो प्रचारप्रसारमा रहेकोले मधेशी जनतालाई सजग रहन आग्रह गरेका छन् ।

उनले आन्दोलन अझै सशक्त भएर जाने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.