हुलाकी न्यूज, काठमाडौं, १७ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरिरहेको नाकाबन्दी एघारौं दिन पनि जारी छ । पूर्वका काँकडभिट्टा, वीरगंज, बिराटनगरको रानी भन्सारलगायत सबै सानठूला नाकाहरु पूर्ण रुपले बन्द रहेका छन् ।

पश्चिमका नाकाहरुमा भने पहिलेजस्तै मालसामान बोकेका साना ट्रकहरु नेपाल प्रवेश गरिरहेका छन् । आईतबार दिउँसोसम्म रुपन्देहीको बेलहिया नाकाबाट साना गाडीहरु आएको भएपनि पेट्रोलियम पदार्थ बोकेको गाडी एउटै आएको छैन ।

यसअघि शनिबार भारतले अघोषित नाकाबन्दी खोल्यो भन्दै प्रमुख मिडियाहरुमा समाचार आएको थियो । नाकाहरुमा भने आईतबार त्यस्तो केही नदेखिएको र पहिलेजस्तै नाका अवरुद्ध नै रहेको स्थानीय पत्रकारहरुले जनाएका छन् ।

यता, मधेशी मोर्चाले भने नाकाबन्दीलगायतका सबै विरोध कार्यक्रम यथावत रहेको भन्दै सीमामा धर्नालाई निरन्तरता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.