कासिन्द्र यादब

भाव प्रायः अमूर्त नै हुन्छ । तर, ब्यथाको भावमा अलि बढी नै अमुर्तता पाइन्छ । ब्यथाको भावमा ब्यक्तभन्दा पनि अब्यक्त पक्षहरुबढी हुन्छन् । त्यसैले यो धेरै हदसम्म ब्यक्तिक हुन जान्छ । जसले गर्दा अरुको लागी त्यति बोधगम्य नहुनसक्छ । पूर्णरुपमा ब्यथा बुझ्नसहानुभुतिले मात्र पुग्दैन त्यसकोे लागी समानुभुति नै चाहिन्छ । तर, अहिले मधेश यहि समानुभूतीक अभावको गोलचक्करमा फसिरहेको छ । सधै मधेशमाथि आधिपत्य राखेको तर, अपनत्व दर्शाउन नसेकेको काठमाण्डौंले मधेशीहरुको ब्यथा बुझ्छ भनेर सोच्नु अज्ञानता सिवाय केही होइन ।

अहिले मधेशको बारेमा काठमाण्डौंमा ठूलो आशंका छ । यो आशंकाकोवीचमा काठमाण्डौंले मधेशको पीडाजन्य आक्रोशलाई बुझ्न सकिरहेको छैन । अहिले काठमाण्डौंमा आम चर्चा छ ( हैन मधेशीहरुलाई के पुगेन यो संबिधानमा ? मधेश प्रदेश हुने सुनिश्चितता गरेको छ । यत्रो समाबेशीकरणको मुद्दा समेटेको छ । यति गम्भीर प्राप्ती पश्चात पनि सिमाङकनका २/४ जिल्लालाई लिएर किन यत्रो उत्पात भइरहेको छ ? संबिधान सम्झौताको दस्तावेज भएकोले कसैले पनि पूर्ण सन्तुष्टी पाएको छैन । सवैले सन्तोष गर्दा किन मधेश असन्तोषी भइरहेको छ ?
यही ठम्याई र आशंकाको जगमा काठमाण्डौं मधेशको आन्दोलनलाई आम मधेशीको आन्दोलन होइन भन्ने दावा गरिरहेको छ ।

काठमाण्डौंको नजरमा मधेशमा षडयन्त्र भइरहेको छ । कुनै बाहिरिया तत्वले मधेशीलाई भड्काईरहेका छन् । केहि सिमित उपल्ला जातको जमिन्दार मधेशवादी नेताहरु आफ्नो गुमेका हैसियत फर्काउनको लागि आफ्ना अरौटे भरौटेहरु वा पैसाको बलमा मान्छे रोडमा उतारेर उत्पाद मचाइरहेका छन् । त्यती मात्र होइन, मधेश आन्दोलन भारतको योजनमा संचालित छ भन्ने काठमाण्डौंको दावीले मधेशको ब्यथा थप ओझेलमा परेको छ ।

मधेशको इतिहास राष्ट्रिय सन्दर्भमा जति सीमान्तकृत छ, मधेशको समस्याले पनि काठमाण्डौंमा त्यो भन्दा बढी ठाउँ पाएको देखिदैन । काठमाण्डौंको उचाँईबाट मधेशको समस्या सपाट देखिन्छ । काठमाण्डौको दृष्टीकोणमा मधेशमा वर्गीय र जातिय जस्ता आन्तरिक समस्याहरु छ्याप छ्याप्ति छ । हो त्यो सहि हो, देशका अरु भाग जस्तै त्यहाँ पनि यी समस्याहरु छन्, त्यो समाधान गर्नु पर्छ । तर मधेशको मुल ब्यथा काठमाण्डौंसँग उसको असमान र अपमानको एतिहासिक संम्बन्धमा नै निहित छ ।

मधेशको ब्यथा

मधेशको ब्यथाको जग नेपालको राष्ट्र र राष्ट्रियताको निमार्णसंग यसको एतिहासिक अन्तरसंबन्धमा नै खोज्नु पर्ने हुन्छ । यो नेपालको अरु भुभाग जस्तो संस्कृतिक वा भौगोलिक एकीकरणको अभियानले नेपालमा गाभिएको भुभाग हैन । बरु केहि सामरिक तर बढि राजनितिक र कुटनीतिक प्रयासले आन्तरिक औपनिवेशिकरणको ढाचाँमा गाभिएको फरक सांस्कृति, सभ्यता र भौगोलिक अवस्था भएको भुभाग हो ।
राणाकालको अन्त्यसम्म नेपालको दक्षिणी भौगोलिक सिमाना मधेशको मैदानी इलाकासम्म रहे पनि राष्ट्रिय सिमाना भने प्राकृतिक सुरक्षा पर्खालको रुपमा अथ्र्याइएको चुरे शृखलालाई नै मानिन्थ्यो । दक्षिणको मैदानी भुभागमा अवस्थित फरक सभ्यता र संस्कृति भएको शक्तिशाली सम्रराज्यको उपस्थितिको खतराले नेपाल आफुलाई बाहिरको दुनियाँबाट अलग थलग राख्दै बाहरियाहरुको प्रबेशमापनि नियन्त्रण गरेको थियो । सन १९५० सम्म बाहरियाको रुपमा अर्थ्याएका नेपालकामैदानी भुभागमा बस्ने मधेशहरुलाई पनि काठमाण्डौंमा छिर्न बिदेशीहरु जस्तै अनुमति लिनु पर्थ्यो ।

नेपालीको लागि अपमानजनक सुगौलि संधिको जगमा निर्माण भएको राष्ट्र र राष्ट्रियताको भावमा इतिहासकालदेखि नै दक्षिणको मैदानी भुभागको शक्तिशाली राजनीति शक्ति प्रति आशंका, आवेग, कुण्ठा र प्रतिशोधात्मक भाव पाइन्छ तर दक्षिणतर्फको राजनीतिको प्रभावबाट भने नेपाल कहिल्यै मुक्त हुन सकेन । नेपालले बाध्यतावस दक्षिणको प्रभावलाई स्वीकारे पनि आम जनतामा चरम अबिश्वास र आशंका छँदैछ ।

राणाको अन्तसंगै नेपाल राज्यको सिमानालाई राष्ट्रिय सिमाको रुपमा परिभाषित गरे पनि महेन्द्रले प्रतिपादन गरेको राष्ट्रियताको ‘स्व’को बिम्बको निर्माणको क्रममा सधैदेखि राष्ट्रिय अस्तित्व एबं स्वतन्त्रताको लागि खतराको रुपमा अर्थ्याएका दक्षिणको प्रभावशाली भारतलाई बाहय ‘अदर’को रुप लिदा स्वतः सांस्कृति र सभ्यतामा भारतसंग समानता भएका मधेशीहरु आन्तरिक ‘अदरनेस’को प्रतित हुन पुग्यो । त्यसैले काठमाण्डांैको राष्ट्रिय चिन्तनमा धोतीहरु भारतीय मात्रै हैन कि मधेशीहरु पनि हुनगयो ।

महेन्द्रले मौलिक नेपाली राष्ट्रियताका सवालमा भारतलाई मात्रै बिपरीत ध्रुबमा उभ्याएन कि भारतीय संस्कृति र भारतीय राजनेताहरुको बैचारिक प्रभावमा रहेका नेपाली नेता र राजनीतिक दलहरु पनि अराष्ट्रिय तत्वको रुपमा घोषित भयो भन्ने साथ साथै मधेशीहरुको पहिचान राष्ट्रिय पहिचानको सन्दर्भमा पृथक मात्रै रहेन कि स्वत अराष्ट्रिय पहिचानको रुपमा परिभाषित हुनपुग्यो ।

मुलरुपमा नेपाली राष्ट्रियताको भावमा भारतप्रति पाईने आशंका, आक्रोश र कुण्ठाको शिकार प्राय मधेशीहरुलाई बढी हुनु परेको कुरा काठमाण्डांैको रितिक रोशन काण्डजस्ता घटनाहरुले प्रमाणित गरेका छन् । शक्तिशाली भारतीय संस्कृती र सभ्यतालाई समान्यताः होच्याउन नसके पनि त्यसकै स्थानीय प्रतिकको रुपमा अर्थ्याएका गरिब मधेशीलाई धोती र भैया भनेर तिरस्कार गरेर आफ्नो कुण्ठालाईलाई अभिब्यक्त गरेको हामी काठमाण्डांैकोे गल्लीहरुमा पनि हेर्न सक्छौ ।

नेपालको राष्ट्रियताको निर्माणको पृष्टभुमिलाई हेर्दा मधेशी पहिचान नै अन्तगत्वा राष्ट्रियताको सवालमा आशंकाको घेरामा पर्ने देखिन्छ । त्यसैले अहिलेको महेन्द्रीय राष्ट्रवादले पोषित गरेको काठमाडौंको मनोबिज्ञानमा अराष्ट्रिय मधेशी पहिचान बोकेका राष्ट्रपति रामबरण यादवले सबै पक्षलाई संबिधानमा निर्माणमा समेटन भन्नु वा राष्ट्रिय मानव अधिकारआयोगकी अध्यक्ष मोहना अन्सारीले मधेश आन्दोलनमा दमन भयो भनेर बिज्ञप्ति निकाल्नु वा न्यायधीश गिरिशचन्द्रलालले संघीयताको सिमाकंन बिनाको संबिधान जारि गर्नु अन्तरिम संबिधानको मुल भवनाको बिपरित हो भनेर निर्णय गर्नु राष्ट्रिय चिन्तनमा शंकामा पर्नु स्वभाबिक नै हो । त्यसैले कुनै आमुक मधेशीको प्रतिनिधित्व गराउनु र मधेशी पहिचान स्थापित हुनु दुइ नितान्त भिन्न कुरा हुन् ।

मधेशको ब्यथा मुलरुपमा काठमाण्डौंको राष्ट्रियताको मनोबिज्ञानमा मधेशी पहिचान अराष्ट्रिय पहिचान हो भन्ने भावबाट सृजित मधेशी प्रतिको आशंका, तिरस्कार र घृणाले निर्माण गरेको अपमाजनक अवस्था नै हो । त्यसैले आत्मसम्मानको प्राप्ति अहिले मधेशीहरुको लागी भगीरथ लक्ष्य हुन गएको छन ।मधेशीहरुले काठमाण्डौं प्रतिको आक्रोश र आफ्नो आत्मसम्मानको प्राप्तिको लागि गर्ने संघर्षलाई काठमाडौंमा राम्ररी बुझ्न नसकेर यसलाई केहीले देश टुक्र्याउने बितण्डाको रुपमा अर्थ्याय रहेका छन भन्ने केहीले सिमित जमिन्दार नेताहरुको अरौटे भरौटे हरुको आन्दोलनको रुपमा ब्यख्या गरिरहेका पाईन्छ । धेरैले त यसलाई विशुद्ध भारतीय ग्रान्ड डिजायनको उपजको रुपमा पनि आशंका गरिरहेको छन।

अरु समस्या त मधेशमा आन्तरिक औपनिबेशीक अर्थ(राजनीतिले निर्माण गरेको पहिचान, पहुच र प्रतिनिधित्वको सवाल हो जसमा नेपालका अरु पनि उत्पिडित समुदायहरुसाझिदार छन रयसका बिरुद्धमा सघर्षरत छन ।

संबिधान सन्दर्भ र ब्यथाको निरन्तरता

मधेशको समस्या अरु भन्दा बिशिष्ट भएकोले संबिधान निर्माणको क्रममा उ अरु भन्दा अलि बढी नै मुल्य चुकाएका छ त्यसैले उसले संबिधानबाट अलि बढी नै अपेक्षा राख्नु स्वभाबिक हुन जान्छ। मधेशीले पनि यो संबिधानबाट सारमा राज्यमा आफ्नो पहिचान, पहुँच र प्रतिनिधित्वको प्रत्याभुति नै खोजेको हो । तर राज्यको मुलभुत पहिचानको बिपरितमा अर्थ्याएका मधेशी पहिचान यहि राष्ट्रियताको मापदण्डमा राष्ट्रियताको मुलप्रबाहमा समाहित हुनु भनेको बिरोधभासमा एकता हुनु जस्तै हो ।

बिपरित मनोबिज्ञान धारण गरेका काठमाण्डौंसंग मधेशको भावनात्मक र सम्मानको संबन्ध यो मनोबिज्ञान निर्माण गर्ने संबेगात्मक र संकिर्ण महेन्द्रीय राष्ट्रवादलाई बिनिर्माण नगरि स्थापित गर्न सकिदैन । त्यसैले अहिलेको अवस्थामा सार्थक संघियताको निर्माणद्वारा पृथक मधेशी पहिचानलाई संस्थागत गर्नु नै सबभन्दा कम जोखिम पुर्ण कदम हुने छ । यस्तो बेलामा काठमाण्डुलाई मधेशसंग संतुलित राजनीतिक संबन्धको स्थापना र बृहत राष्ट्रिय स्वार्थमा एकरुपता खोज्नुमा नै बुद्धिमानी देखिन्छ ।

मधेशीहरुको मुल ब्यथाको संबोधन नै अहिले सम्मको बिपरित रुपमा अर्थ्याएका मधेशी पहिचानलाई पृथक राष्ट्रिय पहिचानको रुपमा राजनीतिक रुपमा संस्थागत गर्नुमा नै रहेका हुनाले उनिहरुको लागी संघियता र यसका सिमाकंन यतिको महत्वपुर्ण भएको छ । पहुँच र प्रतिनिधित्वको मुद्दा पनि उनिहरुको लागी महत्वपुर्ण रहे पनि सम्मानित र स्थापित पहिचान बिनाको मधेशी प्रतिनिधित्व मात्रले मधेशको हित गर्न सक्दैन भन्ने कुरा संबिधान सभामा एमाले, कांग्रेस र माओवादीबाट प्रतिनिधित्व गर्ने मधेशी सभासदहरुको भुमिकाले पनि स्पष्ट पारि सक्यो । साथ साथै काठमाडौंको समभ्रान्तहरुको मान्यतामा एक ताकाका खाँटी राष्ट्रवादी नेपाली रामवरण यादब आजको दिनमा उनीहरुको नजरमा खालि एउटा मधेशीको रुपमा रुपान्तरण भएका छन् । यसबाट नै धेरै विषय छर्लङ हुन्छ ।

मधेशको पहिचान राजनीतिक रुपमा सम्मानित र स्थापित गराउनु भनेको अहिलेको नेपालको राष्ट्रियताको मुलभुत मान्यताको बिकल्प निर्माण गर्नु हो । त्यसैले मधेशीले संघियताको सवालमा कुनै न कुनै रुपमा बिपरीत राष्ट्रिय पहिचान र चिन्तन बोकेका काठमण्डांैसंग शक्ति सन्तुलन पनि खोजेको हो । सामथ्र्य बिनाको संघीय ढाँचाले मधेशको पहिचानलाई स्थापित गर्ने र सम्मानित गर्ने भगीरथ मनोकांक्षा पुरा गर्न सक्दैन । त्यसैले मधेशीहरुकोे लागि प्रदेशको सिमाकंन निर्धारण गर्ने कुरा देशको सिमाना निर्धारण गर्ने कुरा जतिकै महत्वपुर्ण भएको छ ।

संबिधानमा ब्यबस्था गरेका अहिले को संघिय ढाँचाले मधेशका मुलभुत ब्यथालाई संबोधन गर्ने कुरा त कता हो कता यसले एतिहासिक घाउलाई झन बल्झाउने देखिन्छ ।पुर्ब मेचीदेखि पश्चिम कैलालीसम्म पहाडको समानान्तर रुपमा फैलिएको मधेशलाई प्रदेश निर्माणको सन्दर्भमा मध्य सप्तरी देखि पर्सासम्मको आठ वटा जिल्लामा मात्र संकुचित पारिएको छ ।अरु बाँकीे प्रदेशमा खस आर्यको अधिपत्य हुने निश्चितताले मुलधारको राष्ट्रियतालाई थप शक्तिशाली बनाउने संभवना छ। यस्तो अवस्थामा तुलनात्मक रुपमा धेरै कमजोर अवस्थमा हुने मधेशले बिकल्पमा आफ्नो पहिचान स्थापित गरी सम्मानित हुने हैसियतमा हुने छैन ।

अहिले भएको संघीय ब्यबस्थाले मधेशको पहिचानलाई स्थापित र सम्मानित गराउन सक्दैन । अत : समस्या थप जटिल हुने संभावना छ । राष्ट्रयताको सवालमा बिपरीत धारमा अर्थ्याएका मधेशी पहिचानको मुलधारमा अरु पहाडको जनजातिको जस्तो न समाहिकरण न विलयीकरण हुन सक्छ । त्यस अवस्थामा आजको दिन जस्तै आउने दिनमा पनि काठमाण्डौमा लालबाबु पंडीत वा लालबाबु यादव जस्ता महेन्द्रीय रष्ट्रियवादप्रति घोर बफादार मधेशीहरुको लागी केहि ठाउँ हुने संभवना भए पनि मधेशको पहिचानको काठमण्डांैमा कुनै सम्मान हुने छैन । यो थप तिरस्करणको शिकार हुने निश्चित जस्तै छ। र साथ साथै भारतको स्थानीय प्रतिकको रुपमा काठमण्डांैमा थप प्रताडित हुने संभावना पनि छ ।

अहिलेको संघियताले मधेशीहरुको पहिचानलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित र सम्मानित गराउन नसक्ने मात्रै हैन कि भबिष्यमा काठमाडौंसंग प्रतिरोध गर्ने क्षमता पनि गुमाउनेअवस्थामा पुर्याउने छन् ।त्यसैले एकातिर आममधेशीहरु यसलाई जिवनमरणको सवाल बनाई संबिधान संसोधनको लागि बिगत ५० दिनदेखि आन्दोलनरत छन् भन्ने काठमाडौंको शासकहरुले संबिधानमा स्थापित गरेको मधेश र अन्य भूभाग शासन गर्नेे गुरु योजनाका अधार भत्किने आशंकाले आन्दोलनरत पक्षसंग बर्ता( समझौता गर्ने ठोस पहलकदम लिई रहेका छैन ।

kasindra.yadav@gmail.com

5 COMMENTS

  1. I hope Khasbadi leaders would get some idea form this article and would now stop grumbling that Madheshi have acquired rather more rights than before in the current promulgated constitution.

    Many thanks Mr. Kasindra Yadav for publishing so instructive article.

  2. very nice kashindra daju hope this article will help them to understand and make changes to the nation for national unity including madheshi identity

  3. KUKUR GHASH BHANDA DISH RUCHAUCHHA TESAILE SAMBIDHAN SABHA MA BASE KA MADHESHI NETA HARU LAI MADHESHI ANDOLAN KARI LE DISHA KO BEBASTHA GARNU PARCHA.RA MUKH MA DISH POTNU PARCHA.AHILE BHAIRAHWA NAKA CHHODE RA BHAGE KO SABENDRA NA TH SUKLA RA KAMLESWAR GOSWAMI LAI PARTY BATA NIKALNU PARCHHA

  4. Madeshi ko hak adhikar sunischit hunai perd6,madesh drohi neta haru lay madesh ko merm bujher pani bujh pachai raheka 6n.Ab madhesi lay apman saher basdain,khas badi shashk haru ka ahankar lay desh thulo durghatna ma pern sakd6.

  5. हामी मधेशीलाई सम्पूर्ण अधिकार प्राप्तीकाे लागि अझै ५० वर्ष अान्दाेलन गर्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.