हुलाकी न्यूज, गोरखा । पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागि आज मनोनयन दर्ता भइरहेको छ ।
पहिलो चरणमा निर्वाचन हुने केही जिल्लाहरुको निर्वाचनमा रोचक भिडन्त हुने देखिएको छ । नेकपा एमाले र माओवादीको वाम गठबन्धनमा सामेल नयाँ शक्ति गोरखा दुईमा संयोजक बाबुराम भट्टराईलाई सो क्षेत्र छोड्न माओवादी तयार नभएपनि गठबन्धनले नै नयाँ शक्तिले छोड्यो ।
नेपाली काँग्रेससँग तालमेल गर्दै बाबुराम भट्टराईले गोरखा दुईबाट नै उम्मेदवारी दिएका छन् भने उनका प्रतिस्पर्धीका रुपमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ देखिएका छन् ।
माओवादी नेता श्रेष्ठले आज बाजासहित प्रतिनिधीसभा निर्वाचनमा बाम गठबन्धतको तर्फबाट गोरखा २ बाट मनोनयन दर्ता गराएका छन् ।



