बृजराज कुशवाहा १७ आश्विन । शनिबार नेपाली मिडियामा मोर्चाका कार्यकर्ताबीच झडप भन्ने समाचार आएको थियो । त्यसबारे हुलाकी न्यूजले पता लगाउँदै जाँदा मधेशी मोर्चाका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच झड्प भएको देखियो ।

नवलपरासीको दक्षिणी सीमामा रहेको पकलिहवा गाविसमा मधेशी मोर्चाका आन्दोलनकारी र नेपाली कांग्रेसका कार्यकताबीच दोहोरो हानाहान भएको छ । दिउसो भएको दुइतर्फी हानाहानमा दुबै पक्षका एक दर्जन व्यक्तिहरु घाइते भएको स्थानीय संतोष कुमार यादवले हुलाकी न्यूजलाई बताएका छन् ।

मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको मौका छोपी सीमाक्षेत्रमा बढेको तस्करी नियन्त्रणको प्रयास गर्दा सो घटना भएको हो ।

गैलनमा भरिएको पेट्रोल लिइ भारतबाट नेपालतर्फ आउँदै गरेका योगेन्द्र यादवलाई मोर्चाका कार्यकर्ताले रोकेपछि बचाउमा उत्रेका नेपाली कांग्रेसका कार्यकर्ताले प्रतिकार गर्दा स्थानीयवासी र मोर्चाका कार्यकर्ताबीच हानाहान भएको मोर्चाका अंगद प्रसाद यादवले बताए ।

यादवले दिएको जानकारी अनुसार भारतबाट पेट्रोल लिइ आउँदै गरेका तस्करलाई रोकेपछि नेपाली कांग्रेसका कार्यकर्ता प्रभुनाथ यादवको नेतृत्वमा आएका करीब २० जनाको समूहले मोर्चामाथि लाठीले आक्रमण गरेपछि मोर्चाका कार्यकता पछाडि हटेका थिए ।

मोर्चातर्फका नेतृत्वकर्ता करमहुसेन अन्सारी र लक्खु प्रसाद यादवलगायत एक दर्जन व्यक्ति घाइते भएको स्थानीय संन्तोष यादवले बताएका छन् । घाइतेको भारतीय बजारमा उपचार भैरहेको बताईएको छ ।

फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.